१५ बैशाख २०८१, शनिबार

छेला औद्योगिक क्षेत्रको सिलन्यास हुदै



धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिका दैजी, छेला औद्योगिक क्षेत्रको सिलन्यास हुने भएको छ ।

औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने जनाएको छ । वेदकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नरेश बहादुर सिंहले भोली (सोमबार) औद्योगिक क्षेत्रको सिलन्यास हुने कार्यक्रम रहेको जानकारी दिए ।

वेदकोट नगरपालिकाको वडा नम्बर २ र ३ मा फैलिएको औद्योगिक क्षेत्रको वडा नम्बर २ मा सिलन्यास हुने वडाध्यक्ष सिंहले बताए ।

नौ सय विघा क्षेत्रफलमा सम्भाव्यता अध्ययन भएको छेला औद्योगिक क्षेत्रमा तत्काल चार सय विघामा एक सय २४ प्लट निर्माण गरी विस्तार गरिने योजना रहेको वेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दले बताए ।

औद्योगिक क्षेत्रमा साना, मझौला र ठुला उद्योग स्थापना गरिने नगर प्रमुख चन्दले बताए ।
छेला औद्योगिक क्षेत्रका लागि संघिय सरकारले नौ अर्ब रुपैया बजेट छुट्याएको जनाइएको छ । सो क्षेत्रमा साना, मझौला र ठुला उद्योग अलगअलग स्थापना गरिने बताएका छन् ।

नगर प्रमुख चन्दका अनुसार औद्योगिक क्षेत्र स्थापनासंगै २२ हजार जनाले रोजगारी पाउने छन् ।

२०५१ सालमा घोषणा भएको औद्योगिक क्षेत्रको संघीय सरकारका मन्त्रीहरूले यसअघि धेरैपटक निरीक्षण तथा अवलोकन गरेको उनले बताए । औद्योगिक क्षेत्र घोषणा भएको अढाई दशक बर्षपछि यस क्षेत्रको विस्तार हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार