१० श्रावण २०८१, बिहीबार

केराबारीमा के गर्दै थियाे बाघ ?



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अन्डैयास्थित टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार बिहान बाघ देखिएको छ ।


घरसंगै जोडिएको केराबारीमा बाघ आएको र बिहानैदेखि गर्जिएको टीकाराम चौधरीले बताए । केराबारीमा विहानैदेखि बाघ गर्जिएपछि घर बाहिर निस्कन समेत समस्या भएको उनले बताए ।
फागुन ३ गते अन्डैयाकी २५ वर्षीया कला धामीलाई आक्रमण गरेर बाघले ज्यान लिएको थियो ।

माघ ३० गते पनि कैलारी गाउँपालिका ८, दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीताकुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो ।
सो बाघलाई नियन्त्रणमा लिन वर्दिया राष्ट्रिय निकुञ्जबाट आएको टोलीले २९ स्थानमा क्यामेर जडान गरेको छ । बाघ नियन्त्रणको प्रयास भने अझै सफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार