२३ बैशाख २०८१, आईतवार

किसानहरुलाई कृषि उपकरण वितरण



हसुलिया । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ५, छोटिपालियामा किसानहरुलाई कृषि उपकरण वितरण गरिएको छ ।

सिर्जना तोरी ब्लक समूह मार्फत किसानहरुलाई पावारटिलर, ईन्जिन र स्पेरट्याङ्की वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत सिर्जना तोरी ब्लक समूहमा आवद्ध किसानहरुलाई कृषि ज्ञान केन्द्र कैलालीले कृषि उपकरण वितरण गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार किसानकाृ ५० प्रतिशत लगानीमा कृषि उपकरण वितरण गरिएको छ । शनिबार २२ हर्सपावरका सात वटा पावरटिलर, सात वटा इन्जिन र १३ वटा स्पेरट्याङ्की वितरण गरिएको छ ।

कृषि उपकरण वितरण कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले तोरी ब्लकलाई आधुनिकीकरण गर्दै व्यवसायिक बनाउनु जरुरी रहेको बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका योजना अधिकृत श्यामराज जोशी, कैलारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरी, सिर्जना तोरी ब्लक समुहका अध्यक्ष रामचन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यक्रममा सिर्जना तोरी ब्लक समूहका सचिव रामकुमार चौधरीले समुहले १९ लाख ९९ हजार चार सय रुपैयाको कारोवार गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार