नुन सम्वन्धी सचेतना

अछाम । चौरपाटी गाउँपालीकाको आयोजना र साल्ट ट्रेडिङको प्राविधिक सहयोगमा अछामको चौरपाटीमा आयोडिन नुन सम्वन्धी सचेतना कार्यक्रम भएको छ ।
फेव्रओरी महिनालाई हरेक वर्ष आयाेडिन नुनकाे प्रचारप्रसारकाे रूपमा मनाउदै आएकाे छ । साेही क्रममा अछामकाे चौरपाटी गाउपालिकामा कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा बोल्नु हुदै राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँरले आयोडिनको कमिले गर्दा विभिन्न समस्याहरु देखिएकाले स्थानीयबासीले आयोडिनयुक्त नुनको प्रयोग गर्नु पर्नेमा जोड दिए । उनले नेपाल जस्ता समुद्रबाट टाढा रहेको देशहरमा आयोडिनको कमीले मानिसहरुमा विभिन्न रोगहरु देखिन थालेकाले शरीरका लागि नभई नहुने पोशकतत्व आयोडिन नुन प्रयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा राट्रिय योजना आयोगका पुर्व सदस्य विजय कुँवर,नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा,नेपाली कांग्रेसका गाउँ कार्यसमिती सभापति गणेश शाह, नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष भरत शाह, नेपाल पत्रकार महासंघ अछामका कार्यवहाक अध्यक्ष खम्म खत्री,शिक्षक महासंघ अछामका सभापति दिनेश कुवँर लगायतले आयोडिन नुनको बारेमा बोलेका थिए ।
कार्यक्रममा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रवन्धक केशवप्रसाद पाण्डेले आयोडिन नुनको प्रयोग,महत्व बारेमा बताएका थिए । उनले आयोडिन नुन प्रयोग गर्दा हुने फाइदा र बेफाइदाका बारेमा समेत बताएका थिए ।
चौरपाटी गाँउपालीकाले एकवर्ष अघि नै ढिके नुनमा प्रतिवन्ध लगाएर आयोडिन युक्त प्याकेटको नुन मात्र प्रयोगमा ल्याएको थियो ।
गाउँपालिका अध्यक्ष हर्क साउँदको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया कुवँरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यकारी अधिकृत धनबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा गाउँपालिका राजनितीक दलहरुका प्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, महिला स्वयमसेविका,विद्यार्थी, पत्रकार स्थानीयको सहभागीता रहेको थियो । गाउँपालिकाले जनतासंग प्रत्यक्ष जोडिएका हरेक विषयमा अग्रसर भएर कार्य गर्दै आइरेहेको छ ।