१० श्रावण २०८१, बिहीबार

प्रजातन्त्र दिवसमा प्रदेश सरकारको तीन वर्षे उपलब्धी सार्वजनिक



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित प्रभातफेरिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित समारोहमा प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गरिएको हो । प्रदेश प्रमुख सर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धीहरु नाम दिइएको सो पुस्तकमा प्रदेश सरकारका सात वटै मन्त्रालयहरुले तीन वर्षमा गरेका कामहरुको विवरण समावेश गरिएको छ । साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रदेशका लोकप्रिय वाजागाजा, नृत्य सहित आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरि आयोजना गरिएको थियो । त्यसपछि आयोजित समारोहमा मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सम्बोधन गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परिणाम आउन समय लाग्ने बताए । उनले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुनाले प्रदेश सरकारलाई त्यसलाई चिर्दै अगाडि बढ्न निकै कठिन भएको बताए । उनले प्रदेश सरकार हरेक तरिकाले प्रदेशवासीलाई छिटो सुविधा पु¥याउन चाहेको बताए ।

मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी ओलीको कदमले प्रजातन्त्र खतरामा परेको भन्दै त्यसको सबैले विरोध गर्नुपर्ने बताए । उनले हजारौंको बलिदानीबाट आएको लोकतन्त्रमाथि प्रधानमन्त्रीले संविधान कुल्चेर धावा बोलेको बताए । उनले प्रधानमन्त्रीद्वारा विघटित प्रनितिधि सभाको पुनस्र्थापनाका लागि सबैले आन्दोलित हुन जरुरी रहेको बताए । प्रनितिधि सभाको पुनस्र्थापना गरी प्रजातन्त्र र लोकतन्त्री ल्याउन भएका शहिदहरु सम्मान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार