२३ बैशाख २०८१, आईतवार

भूमि व्यवस्था मन्त्रालयको प्रगति विवरण सार्वजनिक



धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आफ्नो तीन बर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तीन वर्षको अवधिमा महत्वपूर्ण कानून निर्माण, नीति निर्माण, तथा गुरु योजना निर्माण गरिएको र कृषि, सहकारी सञ्चालनका लागि रोडम्याप तयार गरिएको जानकारी दिइयो ।

‘सुरुका दुई वर्षसम्म कर्मचारी अभाव, भवनको कमी, कानूनको अभाव आदि कारणले काम गर्न सकिएन’ मन्त्रालयका सचिव डाक्टर किशनलाल भट्टले भने– पछिल्लो एक बर्षको अवधिमा केही महत्वपूर्ण काम भएका छन्, खासमा भन्नु पर्दा अव काम गर्ने वातावरण बनेको छ ।’ उनका अनुसार मन्त्रालयले ३ बर्षको अवधिमा १८ कार्यविधि, कार्यविधि संसोधन ३, ऐन निर्माण २, नीति निर्माण ३, १ नियमावली र ३ वटा गुरु योजना तयार गरिएको छ ।

मन्त्रालय स्थापना पछि कृषिमा गरिएको लगानीले धान उत्पादन ३ दशमलव ५ प्रतिशत बढेको, मकै २ दशमलव १९ प्रतिशत, गहुँ २ दशमलव १२ प्रतिशत, तेलहन १ दशमलव १४ प्रतिशत, दलहन उत्पादन १ दशमलव २८ प्रतिशत बढेको मन्त्रालयले जारी गरेको प्रगति विवरणमा उल्लेख छ ।

यसैगरी आलु उत्पादन १३ दशमलव ७ प्रतिशत, उखु ४२ दशमलव ८ प्रतिशत तथा ताजा तरकारी १३ दशमलव ५८ प्रतिशतले उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ मन्त्रालयका सचिव डा. किसन लाल भट्टले उत्पादन र उत्पादकत्व वृद्धि गरी पहिला प्रदेश र त्यसपछि राष्ट्रिय उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रलाईनै आत्मनिर्भर बनाउने आफूहरूको योजना रहेको बताए । उनले विगत तीन वर्षको अवधिमा संरचनागत विकासमा ठुलो उपलब्धि भएको बताए ।

उनका अनुसार मन्त्रालले ३ बर्षको अवधिमा गरेको लगानी पछि दुध उत्पानद ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी मासु ६ दशमलव ९५ प्रतिशत, फूल १३ दशमलव १ प्रतिशत र माछा ७ दशमलव २ प्रतिशत वृद्धि भएको छ ।

कृषि उत्पादन बढाउन र रासायनिक मलको अभाव हुन नदिन साल्ट टे«डिङ संग अनुदानमा मल वेच्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार