१० श्रावण २०८१, बिहीबार

साल्ट ट्रेडिङ्गद्धारा कोदो विक्री शुरु



धनगढी । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीले सुदूरपश्चिम प्रदेशमा नुन लगायत दैनिक उपभोग्य सामाग्री विक्री वितरण गर्दै आएको छ । साथै सोमबारदेखि कर्पोरेशनले बिक्रि कक्षबाट कोदो समेत बिक्रि बितरण शुरु गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीले आयोडिन नुन लगायत सुदूरपश्चिम प्रदेशमा बिभिन्न दैनिक उपभोग्य सामाग्री र मलखाद बिक्रि बितरण गर्दै आएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायव महावप्रबन्धक केशव प्रसाद पाण्डेले किसान र बिभिन्न ब्यापारीहरुले उत्पादन गरेका दैनिक उपभोग्य समाग्रीहरु बिशेष प्राथमिकताका साथ कार्यालयको बिक्रि कक्षबाट बिक्रिबितरण गर्दै आएको बताए । उनले स्थानिय उपभोक्तको माग अनुसार दैनिक उपभोग्य बस्तुहरु सस्तो, सुलभ र गुणस्तरीय रुपमा कार्यालयले बिक्रि बितरण गर्दै आएको छ ।

यसै अन्र्तगत साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीको बिक्रि कक्षबाट चौरपाटी गाउँपालिकाले कैलाली ल्याएको अग्र्यानिक कोदो किन्न पाईने भएको छ ।

गाउँपालिकाले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोदो विक्रि गरिने जानकारी दिए हो । गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदका अनुसार कोदो अत्तरिया र धनगढीबाट विक्रिवितरण गर्न थालिएको छ । अध्यक्षले खुद्रा पसलहरु मार्फत सोमबारदेखि अत्तरिया, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीको विक्रि कक्ष विक्रिवितरण गर्न थालिएको जानकारी दिए ।

बजारमा विक्रिको लागि ५ किलो, १० किलो र १५ किलोको प्याकमा कोदो राखिएको छ ।

गाउँपालिकाको केन्द्रबाट होलसेलमा कोदो खरिद गर्न चाहनेको लागि प्रतिकिलो ३५ रुपैँया तोकिएको छ ।

तराईका जिल्लाबाट चामल लिएर अछाम पुगेका ट्रकमा कोदो भरेर निर्यात गर्ने आफ्नो उद्धेश्य रहेको अध्यक्ष साउँदको भनाई छ । गाउँपालिकाकाले यस बर्षदेखि ‘फल्याको कोदो, कुट्याको धान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमले गाउँपालिकामा कोदो उत्पादनमा उल्लेख्य वृद्धि आउनुका साथै किसानको आर्थिक अवस्था सुधारमा पनि ठुलो टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

गाउँपालिकामा फलेको अर्गानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउँदले आग्रह गरेका छन । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले ’फल्याको कोदो, कुट्याको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले ल्याएको कोदो बराबर चामल साटेका थिए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने हुदाँ कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ । कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका विरामीहरुको लागि पनि उपयुक्त वालीको रुपमा कोदो लाई चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार