१५ चैत्र २०८०, बिहीबार

ओलीले पूर्व जनसेनालाई पार्टी फुटाउने हतियार बनाउन खाजे : डा. रावलले




सुख्खड / नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपीशर्मा ओलीले पूर्व जनसेनालाई पार्टी फुटाउने हतियार बनाउन खोजको आरोप लगाएका छन् ।

जनयुद्ध दिवसका अवसरमा सुख्खडमा आयोजित सभालाई शनिबार सम्वोधन गर्दे नेता रावलले भने जव संसद (प्रतिनिधि सभा) थियो, सरकार थियो त्यतिवेला पूर्व जनसेना, घाइते, अपांग र शहिद परिवारका लागि ओलीले केही गरेनन् अहिले उनीहरुलाई पार्टी फोड्ने हतियार बनाउन सकिन्छ कि भनेर अनेक प्रयास गरिरहेका छन् । ओलीका जालझेलमा नअल्झिनु होला नेता रावलले आग्रह गरे ।

नेता रावलले कविता मार्फत समेत महान जनयुद्ध भन्दै पूर्व जनसेना, घाइते अपांग र शहिदहरुको सम्मान गरेका थिए । कार्यक्रमपछि पनि नेता रावलले पूर्व जनसेनाहरुसंग छलफल गरेका थिए ।

सो सभालाई नेकपाका प्रदेश अध्यक्ष भानुभक्त जोशी, सचिव नेपबहादुर चौधरी लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार