७ बैशाख २०८१, शुक्रबार

रामकुमारीका पक्षमा प्रदर्शन




धनगढी माधव प्रचण्ड समूहकी नेतृ रामुकमारी झार्कीलाई पक्राउ गरेको विरोधमा धनगढीमा विहीबार प्रदर्शन भएको छ ।

सो पार्टी निकट युवाहरुले नेतृ झार्कीलाई पक्राउ गरेको विरोध प्रदर्शन गरेका हुन ।

राष्टपतिका विरुद्धमा अभिव्यक्ती दिएको भन्दै उनलाई काठमाडौस्थित घरबाट पक्राउ गरिएको थियो ।

यद्यपी उनलाई साढे पाँच घण्टापछि साँझ ६ः ३० बजे प्रहरीले छोडी सकेको छ ।

धनगढीका प्रदर्शनकारीले बलत्कारीलाई कार्वाही गर भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार