१० श्रावण २०८१, बिहीबार

सीता एयरको पहाडी जिल्लामा उडान



धनगढी । सीता एयरले सुदूरपश्चिम प्रदेशका चार वटा पहाडी जिल्लामा परीक्षण उडान गरेको छ । सो एयरले मंगलबार नेपालगञ्जबाट बझाङ, अछाम, डोटी र बैतडी जिल्लामा रहेका विमानस्थलमा परीक्षण उडान गरेको हो ।

प्रदेशको अस्थायी राजधानी धनगढीलाई आधार बनाई नियमित उडान भर्ने लक्ष्यअनुरुप बझाङको बझाङ विमानस्थल, अछामको साँफेबगर, डोटीको दीपायल र बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान गरेको सीता एयरले जनाएको छ ।

सीता एयरले मंगलबार गरेको चारवटै जिल्लाको परीक्षण उडान सफल भएको जनाएको छ । यसअघि यि जिल्लामा धनगढीबाट समीट एयरले हरेक साता उडान गर्दै आएको छ ।

समीट एयरले बिगत पा“च महिनादेखि साताको पाँच दिन (आइतबार र बिहीबारबाहेक) धनगढी–बझाङ, बझाङ–धनगढी–नेपागञ्ज, धनगढी–दीपायल, धनगढी–सा“फेबगर र धनगढी–पाटनमा उडान भर्दै आएको छ । समीट एयरले उडान भरेसँगै लामो समयसम्म बन्द अवस्थामा रहेका सुदूरपश्चिमका विमानस्थल सञ्चालमा भएका थिए ।

समीटले धनगढीबाट सुदूरका पहाडी जिल्लामा उडान भरेसँगै यात्रुको चाप बढे पनि हवाईभाडा मह“गो भएको भन्दै भाडा घटाउन स्थानीयले माग गर्दै आएका भएपनि कुनै सुनुवाई भएको थिएन अब परीक्षण उडान सफल भएसँगै सीता एयरले पनि नियमित उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरसमेत सस्तो हुने आस पलाएको बझाङका प्रबिन्द धामीले बताए ।

अछाममा नियमित उडानले सहज

अछाममा नियमित हवाइ उडान हुन थालेपछि यात्रामा सहज हुन थालेको छ । साँफेबगर एयरपोर्ट संचालनमा आएपछि नियमित उडान हुन थालेको हो । जिल्लामा हवाइ उडानले ८ देखि ९ घण्टाको गाडीको कष्टपूर्ण यात्राबाट राहत मिलेको यात्रुले बताएका छन् ।

नेपाल एयरलाइन्स साँफे नेपालगंज उडान भर्दै आएको थियो । कोरोनाका कारण हवाइ सेवा बन्द भएपछि एयरलाइन्सले जहाज अभावमा उडान संचालन गर्न नसकिने बताएपछि अहिले समिट एयरले उडान गरिरहेको छ ।

समिटले हप्ताको एकदिन आइतबार साँफे नेपालगंज र बाँकी दिन साँफे धनगढी उडान गरिरहेको छ । समिटले साँफेदेखि धनगढी तीन हजार पाँच सय ५० र साँफे नेपालगंजका लागि चार हजार छ सय ५० रुपैयाँ भाडादर कायम गरेको छ ।

सिता एयरलाइन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले मंगलबार साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान संचालनका लागि उडान भरेको एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार