७ कार्तिक २०८१, बुधबार

मानविय प्रतिकार्य स्पियरको तालिम शुरु




धनगढी / विपद प्रभावित समुदायलाई कसरी गुणस्तरिय सेवा प्रदान गर्ने भन्ने उद्देश्यले धनगढीमा तीन दिने तालिम शुरु भएको छ ।

सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढी र निड्स नेपाल कञ्चनपुरको आयोजनामा सञ्चालन भएको तालिम आन्तरिक मालिमा तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वयमा सञ्चालन भएको हो ।

सो तालिमको उद्धघाटनमा राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद न्यूनीकरण गरेर मावनिय क्षति कम गर्ने योजना निर्माण भइरहेको बताए ।

राष्ट्रिय प्राधिकरण गठन भएको १३ महिनामा हामीले बाढी पहिरो जस्ता ठूला विपदको सामना गर्नुप¥यो’ कार्यकारी प्रमुख पोख्रेलले भने–‘यो अवधिमा हामी त्यही काममा केन्द्रित भयौं, आगामी दिनमा विपद न्यूनीकरण गर्न तर्फ हामी केन्द्रित हुने छौं ।’

उनले विपद न्यूननीकरण तथा विपदपछिको क्षतिलाई कम गर्ने उद्देश्यले स्थानीय तहदेखि केन्द्रसम्म व्यवस्थापन सर्कल गठन गरिएको बताए । स्थानीय तहदेखि केन्द्रसम्म पठन भएका विपद व्यवस्थापन समितिलाई उद्धारका सामाग्री प्रदान गर्ने काम समेत भइरहेको उनले बताए ।

सो अवसरमा डिपिनेट नेपालका अध्यक्ष सूर्यबहादुर थापाले द्धन्द्ध र विपदबाट प्रभावित समुदायलाई कसरी गुणस्तरीय सेवा प्रंदान गर्ने र कसरी छिटो भन्दा छिटो पुर्नस्थापना गर्ने भन्ने बारेमा तालिम दिइने बताए ।

सिएसएसडिका अध्यक्ष बलबहादुर सिलाधरको अध्यक्षतामा भएको कार्यक्रमको सो संस्थाका कार्यक्रम अधिकृत चेतमान साउँदले सञ्चालन गरेका थिए । कार्यक्रममा निड्स नेपालकी अध्यक्ष अञ्जु भट्टले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

बुधबारसम्म सञ्चालन हुने तालिममा खानेपानी उपभोक्ता महासंघ, वन उपभोक्ता महासंघ, गैसस महासंघका पदाधिकारी, उद्योग वाणिज्य संघ प्रदेश पदाधिकारी, नेपाली सेना भवानीदल गण, सशस्त्र प्रहरी सात नम्बर बाहीनी, सुदूरपश्चिम प्रदेश प्रहरी दिपायल, आपतकालिन सञ्चालन केन्द्र दिपायल, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कैलालीका प्रतिनिधि, फाया नेपाल, महिला अधिकार सञ्जाल, ओरेक नेपाल, एकल महिला मानव अधिकार सञ्जाल सुदूरपश्चिम प्रदेशका र नेपाल रेडक्रस सोसाइटीका जिल्ला तथा प्रदेश पदाधिकारी प्रतिनिधीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार