१२ बैशाख २०८२, शुक्रबार

किशोरी भागरथी हत्या घटनाको प्रहरीले अनुसन्धान अघि बढायो



धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ ।

बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उनकाअनुसार बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ ।

शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अन्य व्यक्तिमाथि समेत निगरानी भइरहेको बताए ।

यसैबीच जिल्ला अस्पताल बैतडीले मृतकको शव परीक्षणको काम पनि सुरु गरेको छ । परीक्षणपछि समेत धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ ।

बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्ट विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन् । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ ।

कारबाहीको माग गर्दै धनगढीमा विरोध र्याली

विभत्तस हत्गा गरेको अवस्थामा शव फेला परेकी बैतडीकी भागरथी भट्टका हत्यारा २ दिन सम्म पनि पत्ता नलगाएको भन्दै युवाहरूले सुदूरपश्चिम सरकार विरुद्ध धनगढीमा नराबाजी गरेका छन् ।
हत्यारा तत्काल पत्ता लगाउन माग गर्दै शनिबार स्वतन्त्र युवाहरूले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म र्याली निकालेका थिए । यस अघि मुख्यमन्त्री कार्यालय अगाडी धर्ना समेत दिएका थिए । ‘छोरीमाथी हुने चरणबद्ध आक्रमण बन्द गर, हत्यारालाई फा“सी दे, बलत्कारीलाई फासि दिने कानूननिर्माण गर, भन्दै युवाहरूले मुख्यमन्त्री कार्यालय अगाडी धार्न दिएका हुन् ।

दोषीमाथि कारबाही गर्न कांग्रेस सभापतिकोे माग

नेपाली काँसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।
शनिबार विहान आफ्नो ट्वीटर ह्यान्डलमा सभापति देउवाले लेखेका छन्, ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु । उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारस“ग जोडदार माग गर्दछु ।’

सभापति देउवाले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रचण्ड–माधव भन्छन् : निर्मला पन्त प्रकरणमा जस्तो नहोस्

नेकपा प्रचण्ड–माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरू स्तब्ध भएको बताएका छन् । ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ उनीहरूले भनेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरू पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित भएको प्रचण्ड–माधव समूहले बताएको छ ।

अध्यक्षद्धयले भनेका छन्, ‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वनजिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार