११ श्रावण २०८१, शुक्रबार

माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु



धनगढी । कैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं. ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क. को घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मधुसुदन न्यौपानेका अनुसार घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा काजल वि.क. र अञ्जु जैगढी रहेका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार