२ जेष्ठ २०८१, बुधबार

डा. रावलले गरे गृहमन्त्रीको ‘जु’ मा थुन्ने भाषणको विरोध



धनगढी/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य डा. भीमबहादुर रावलले गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिको विरोध गरेका छन् ।

एक ट्वीट गर्दे नेता डा. रावलले नेकपा ओली पक्षले शुक्रबार दरबारमार्गमा गरेको कार्यक्रममा गृहमन्त्री थापाले मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलमा ‘जु’ मा थुन्ने अभिव्यक्ति दिएपछि थिए ।

गृहमन्त्रीको भनाईले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुस्स्वप्ना देखिरहेको पुष्टि हुने डा. रावलको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’ डा. रावलले भनेका छन्, ‘निरंकुशतन्त्र ढल्छ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार