सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन २६ गतेदेखि
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउ“दे अधिवेशन यहि २६ गतेदेखि सञ्चालन हुने भएको छ ।
प्रदेश सभाको बैठक छ महिनाभन्दा बढी समय बन्द राख्न नपाउने संवैधानिक व्यवस्था रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो २६ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले २६ गतेदेखि हिउ“दे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।