१० श्रावण २०८१, बिहीबार

कोरोना विरुद्धको खोप अभियान : पाँच दिनमा १७ सयले खोप लिए



धनगढी । कोरोना विरुद्धको खोप अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा पाच दिनको अवधिमा करिब १७ सय जना स्वास्थ्यकर्मीले खोप लिएका छन् ।

सुदूरपश्चिम प्रदेशका १० वटा खोप केन्द्र मार्फत आइतबारसम्म एक हजार छ सय ८८ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार सेती प्रादेशिक अस्पतालको खोप केन्द्र मार्फत दुई सय ४६ र टीकापुर अस्पतालबाट ८० जनाले खोप लगाएका छन् ।

त्यस्तै, बैतडीमा दुई सय ३७, बझाङमा एक सय ६०, बाजुरामा ७७, डडेल्धुरामा एक सय ८०, दार्चुलामा ९४ जना, डोटीमा दुई सय ३४ जना र कञ्चनपुरका एक सय ४१ जना स्वास्थ्यकर्मीलाई खोप लगाएको कार्कीले बताए ।

यससँगै सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या सात हजार ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार