१ जेष्ठ २०८१, मंगलवार

सूचना प्रविधि तालिम शुरु




धनगढी / सुदूरपश्चिम प्रदेशका मन्त्रालयका सूचना प्रविधि शाखाका कर्मचारीहरुका लागि सूचना प्रविधि सम्वन्धि तीन दिने तालिम आइतबार धनगढीमा शुरु भएको छ ।


प्रदेश सरकारको प्रादेशिक सुशासन केन्द्र, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा सो तालिम शुरु भएको हो । तालिममा विभिन्न मन्त्रालय र विभागका १९ जनाको सहभागिता रहेको छ ।

सो कार्यालयका प्रमुख पदमराज जोशीले तालिम सुदूरपश्चिममा इ–सुशासनलाई प्रभावकारी बनाउन मद्धत पुग्ने बताए ।

कार्यक्रममा बोल्दै क्षमता विकास विज्ञ गणेश उपाध्यायले सूचना प्रविधि तालिमले जनतालाई छिटो छरितो सेवा दिन मद्धत पुग्ने विश्वास गरे ।

तालिमको सूचना प्रविधिका विज्ञ नागेश वडु, छत्र चौधरी लगायतले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार