२ जेष्ठ २०८१, बुधबार

प्रदेश सरकारका रिक्तमन्त्री पुर्ति चाडै हुन्छ : रावल



धनगढी / नेकपाको प्रचण्ड–माधव समूहका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलले सुदूरपश्चिम प्रदेश सरकारका रिक्त मन्त्री चाडै पुर्ति गर्न पार्टीले मुख्यमन्त्रीलाई आग्रह गरेको बताएका छन् ।

हामीले मुख्यमन्त्रीलाई रिक्त ठाउँ पूर्ति गर्न भनेका छौ तर कहिले गर्ने, कसलाई गर्ने उहाँको अधिकारको कुरा हो नेता रावलले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार मन्त्रालय मन्त्री विहिन रहेका छन् ।

रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार सुदूरपश्चिमबासीले आफ्नो मत जाहेर गरेको बताए ।

उनले सुदूरपश्चिमबासी प्रतिनिधि सभा विघटनका विरुद्ध छन भन्ने शनिबारको सभाले प्रमाणित भएको दावी गरे ।

उनले ओलीको सभाभन्दा चार दोव्वर बढी ५० हजार सुदूरपश्चिमेलीले ओलीको कदमको विरुद्ध सभामा उपस्थित भएर खवरदारी गरेको बताए ।

फरक प्रसंगमा नेता रावलले निर्वाचन आयोगले लोकतन्त्रको मूल्य अनुसार वहुमत पक्षलाई न्याय गर्ने विश्वास व्यक्त गरे । वहुमतलाई नमान्ने हो निर्वाचन किन चाहियो उनले भने हामी ४४१ केन्द्रीय सदस्यको ७० प्रतिशतलाई आयोगमा उपस्थित गराएर सनाखत गर्न तयार छौ ।

सर्वोच्च अदालतले पनि संविधानमा नभएको विषयलाई मान्यता दिदैन भन्ने विश्वास उनले भने अदालतले संविधानको प्रावधान हेर्ने छ त्यसमा कथम्, यदी भन्ने शव्दको प्रयोग हुनै सुक्दैन ।

प्रदेश अध्यक्षमा जोशीको वहाली
सो अवसरमा सो समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा केन्द्रीय सदस्य भानुभक्त जोशी चयन भएर, कार्यभार सम्हालेको बताइएको थियो ।

अध्यक्ष जोशीले अव जिल्लाजिल्लामा भेला गरिने र पार्टी एकताका काम पुरा गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार