१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री भट्टले विमानस्थल पुगेरै प्रचण्डको स्वागत गरे



धनगढी / प्रचण्ड माधव पक्षले धनगढीमा आयोजित सभालाई सम्वोधन गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकुमार दाहाल प्रचण्ड धनगढी आइपुगेकाश छन् ।

प्रचण्डले शनिबार दिउँसो हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल धनगढी आइसकेका छन् ।

प्रचण्डलाई स्वागत गर्न सो पार्टीका सुदूरपश्चिम इन्चार्ज भीम रावल, प्रदेश अध्यक्ष भानुभक्त जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश सरकारका मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए ।

शुक्रबार पनि मुख्यमन्त्री भट्ट पूर्वप्रधानमन्त्री नेपाललाई स्वागत गर्न विमानस्थल गएका थिए ।

सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्ट प्रधानमन्त्री ओली धनगढी आउदा स्वागत गर्न नगएको र पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र नेपाललाई स्वागत गर्न गएको भन्दै आलोचना भइरहेको छ ।

यद्यपी मुख्यमन्त्री भट्ट निकटहरुले प्रधानमन्त्री ओली आउने बारे मुख्यमन्त्रीलाई औपचारिक जानकारी नदिएको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार