२१ बैशाख २०८१, शुक्रबार

खप्तड हेलिटूर : दुई दिनमा ५० जनाले गरे खप्तड भ्रमण



धनगढी । सुदूरपश्चिम प्रदेशको प्रशिद्ध पर्यटकीय स्थल खप्तडमा दुई दिनको अवधिमा ५० जनाले भ्रमण गरेका छन् । खप्तड होमस्टेको आयोजनामा शुरु गरिएको खप्तड हेलिटुर अन्तर्गत ५० जनाले हेलिकोप्टरमार्फत खप्तड भ्रमण गरेको बताइएको छ ।

खप्तड होमस्टेका संचालक दीपक खड्काले बुधबार ३५ जना र बिहीबार १५ जनाले खप्तड भ्रमण गरेको जानकारी दिए । हिउ“दे याममा खप्तडको दृश्यवलोकन तथा छायांकनका लागि इच्छुक पर्यटकका लागि ‘हेली टुर’ प्याकेज सुरू गरिएको उनले बताए ।

‘यो पा“च दिनसम्म चल्ने टुर कार्यक्रम हो” उनले बिहीबार अनुमोदनसंग भने– आज (शुक्रबार) का लागि छ समुहले बुकिङ गरिसकेका छन् ।

\होमस्टे सञ्चालक खड्काका अनुसार खप्तड हेलिटुरको समयावधि अझै थप गर्ने तयारी गरेको बताए । उनले भने– खप्तड घुम्नका लागि धेरै जनाले इच्छा देखाएका छन्् । त्यसैले पनि भ्रमणको समयावधि थप गर्नका लागि छलफल चलिरहेको छ ।

उनले अहिले खप्तडका लागि धनगढी, डडेल्धुरा, डोटी लगायतका स्थानका मानिसहरूले घुम्न इच्छा व्यक्त गरिरहेको बताए । उनले शनिबार अझैं धेरै व्यक्ति खप्तड घुम्न आउने अपेक्षा गरे । उनले भने– शनिबार विदाको दिनमा सरकारी कर्मचारीहरूलाई पनि समय हुने भएकाले सो दिनका लागि बढी बुकिङ हुने देखिएको छ ।

कोभिड–१९ महामारीका कारण थलिएको सुदूरपश्चिम प्रदेशको पर्यटन उद्योगलाई पुर्नजीवन दिने उद्देश्यले हेली टुर प्याकेजको कार्यक्रम ल्याइएको होमस्टे सञ्चालक खड्काले बताए । ‘आन्तरिक पर्यटन मार्फत् कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउन हेली प्याकेज बनाएका छौं, उनले थपे ।

उनका अनुसार एक पटकमा हेलिकोप्टरमा पा“च जनाले खप्तडको भ्रमण गर्ने गरेका छन्् । बुधबार हेलिकोप्टरको सात ट्रिप र बिहीबार तीन ट्रिप गरिएको छ । उनले भने– बढी जस्तो मानिस खप्तड मै रात बिताउने गरि बस्न चाहन्छन् । तर, तोकेको खर्च दिन नसक्दा सो व्यवस्था गर्न गाह्रो भएको छ ।

बुधबार ‘हेली टुर’ प्याकेज अन्र्तगत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट सहितको टोलीले धनगढीबाट रकम भुक्तान गरी खप्तडको भ्रमण गरेका थिए ।

त्यस्तै, नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सदस्य लालमणि पन्त, खप्तड विकास बोर्डका अध्यक्ष हर्कबहादुर सिंह, खप्तड विकास बोर्डका कार्यकारी प्रमुख हिमबहादुर खड्का, खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय, वार्डेन चन्द्रशेखर चौधरी, रेन्जर केदार दास, डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन खरेल लगायतले पनि खप्तड भ्रमण गरेका छन् ।

खप्तडको प्रवेशद्वार झिग्रानामा ‘खप्तड होमस्टे’ सञ्चालन गर्दै आएका खड्काले पा“च किसिमका प्याकेज ल्याएका छन्् ।

धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याईएको छ । धनगढीबाट ३० हजार रुपैया“, दिपायलबाट १० हजार रुपैया“ र झिग्रानाबाट आठ हजार रुपैया““को प्याकेज किनेर खप्तड घुम्न सकिने व्यवस्था गरिएकोेछ । उनले तीन सय पर्यटकलाई खप्तड पु¥याउने योजना रहेको जानकारी दिए ।

खप्तडमा साइकल उपहार

साइक्लिस्ट भरत विक्रम शाहले ५० हजार रुपैयाँ मूल्य बराबरको एउटा साइकल खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलाई उपहार दिएका छन् ।

खप्तडका पाटनमा पर्यटकलाई चलाउन सजिलो होस् भनेर उनले मध्यवर्ती क्षेत्र विकास समितिका प्रमुख रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे । हेलिकोप्टरमा ल्याइएको सो साइकलमा उनले आफ्ना परिवारका सबै सदस्यको नामको स्टिकर टा“सेका छन्् ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल मानिन्छ खप्तड । त्यहा“ ठुलाठूला पाटन र डा“डा छन्् । त्यसैगरि अपिशैपाल हिमालको मनमोहक दृश्य देखिन्छ । खप्तड जैविक विविधताको अनुपम भण्डार हो ।
पछिल्लो समय खप्तड आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको छ । विगतमा खप्तड राष्ट्रिय निकुञ्जमा पचास वर्षसम्म खप्तड बाबाले योग, ध्यान र तपस्या गरेका थिए ।
खप्तड यात्रा गर्दा न्यानो कपडा र जुत्ता लगाउनु पर्ने युवा पर्यटन व्यवसायी खड्काले बताए ।
सुदूरपश्चिमका चार वटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्ने खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । खप्तडलाई भूस्वर्गका रुपमा पनि चर्चा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार