२१ बैशाख २०८१, शुक्रबार

प्राविधिक शिक्षा नीति बनाइदै



धनगढी । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि) को सुदूरपश्चिम प्रदेश कार्यालयले प्रदेशको प्राविधिक शिक्षा नीति बनाउन थालेको छ ।

सिटिइभिटिले प्रदेशमा रहेका सामुदायिक प्राविधिक शिक्षालयका प्रधानाध्यापकहरूबाट सो शिक्षा नीति तुर्जमा र १० वर्षे प्राविधिक शिक्षा योजना बनाउनका लागि सुझाव लिएको छ ।

सिटिइभिटिले बिहिबार धनगढीमा प्राविधिक शिक्षा तर्जुमाका लागि सुझाव संकलन तथा टिभिइटि कार्यक्रमहरूको व्यवस्थापन र गुणस्तर सुनिश्चितता सम्बन्धमा सहजिकरण गर्न कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा सिटिइभिटि सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक डाक्टर कुष्माकर भट्टले प्राविधिक शिक्षा नीतिका साथै १० वर्षे प्राविधिक शिक्षा योजना बनाउन लागेको बताए । उनले आफ्नै ठाउँमा रोजगारको प्रसस्ता सम्भाजना हुँदा हुँदै प्राविधिक शिक्षाको अभावमा प्रदेशबाट युवा जनशक्ति बैदेशिक रोजगारमा जान बाध्य रहेकोले प्राविधिक शिक्षा नीति आवश्यक परेको बताए ।
उनले सो नीति प्राविधिक शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन मद्दत पुग्नुका साथै दक्ष र गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउ पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार