१५ चैत्र २०८०, बिहीबार

बसन्तामा अतिक्रमित भौतिक संरचना हटाउन शुरु



धनगढी । अतिक्रमणको चपेटामा पर्दै गएको कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको बसन्ता वन क्षेत्रका भौतिक संरचना हटाउन शुरु गरिएको छ ।

संघीय सरकारले वसन्ता क्षेत्रको वन अतिक्रमण हटाउन बजेट विनियोजन गरेपछि डिभिजन बन कार्यालय धनगढीले कार्य अघि बढाएको जनाएको छ ।

संघीय सरकारले वसन्ता बन क्षेत्रको अतिक्रमण हटाउन डिभिजन वन कार्यालय धनगढी र पहलमानपुर बन कार्यालयका लागि ५०÷५० लाख रुपैयाका दरले एक करोड रुपैया विनियोजन गरेको छ ।

सोमबार डिभिजन बन कार्यालयले बसन्ता बन क्षेत्रका केही भौतिक संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेका छन्् । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र क“डेलले वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना बनाएका स्थानीय तीन जनाको संरचना हटाएको बताए । उनले स्थानीयको असहयोग भएपछि काम रोकिएको बताए ।

डिभिजन वन कायाृलयले बसन्ता बन क्षेत्रको अतिक्रमित क्षेत्र खाली गराउन लागेपछि अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेका स्थानीयहरू सोमबार ७ नम्बर वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

वडा कार्यालयमा तालाबन्दीपछि स्थानीयहरू कैलारी गाउ“पालिकाको कार्यालय हसुलियामा तालाबन्दीको प्रयास गरेका थिए ।

छटकपुर वसन्ताका भलमन्सा रामदिन चौधरीले आफुुहरू बाढी पीडित रहेको बताउ“दै बसैकै स्थानमा बसोबास गर्न पाउनुपर्ने माग गरे ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सो क्षेत्रमा त्यहाँको बाढी प्रभावितहरू बस्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार