१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : छ जना कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना भाइरस (कोभिड–१९) का छ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ७२ जनाको कोरोना परीक्षण गरिएकोमा छ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पताल र अछामको कमलबजार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई दुई जनामा संक्रमण पुष्टी भएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५३, कमलबजार अस्पतालको प्रयोगशालामा १५ र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जनाको नमूना परीक्षण गरिएको थियो ।

कैलाली, कञ्चनपुर, बैतडी, बाजुराका १÷१ र डडेल्धुराका दुई जना संक्रमित भएका छन् । यससंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार नौ सय ४९ पुगेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सोमबार ८८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म १२ हजार पा“च सय ६९ जना संक्रमण मुक्त भएका छन् । भने ५५ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म सुदूरपश्चिम प्रदेशमा एक हजार तीन सय २५ जना सक्रिय संक्रमित छन् ।

अछाममा ७०, बैतडीमा ५२, बझाङ २२५, बाजुरामा ६१, दार्चुलामा ६३, डोटीमा १६२, कैलालीमा ३९६ र कञ्चनपुरमा १२७ छन् भने अन्य प्रदेशका जिल्लाहरुका ४८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार