१५ बैशाख २०८१, शनिबार

नेकपा प्रचण्ड–माधव समूहले माघ १७ गते धनगढीमा बृहत आम सभा गर्ने



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले माघ १७ गते धनगढीमा प्रतिनिधि सभा विघटन विरुद्ध बृहत आम सभा आयोजना गर्ने भएको छ ।

सो समूहले आइतबार प्रदेश पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी शक्ति प्रदर्शन सहित प्रतिनिधि सभा विघटन गर्ने सरकारको विरुद्ध बृहत आम सभा आयोजना गर्ने जनाएको हो । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले निरंकुता विरुद्ध र लोकतन्त्रको पक्षमा आयोजना गरिने आन्दोलनको कार्यक्रममा सहभागी आम नागरिकलाई आव्हान गरेका छन् ।

उनले आम नागरिकलाई निरंकुशता विरुद्ध र लोकतन्त्रको रक्षाका लागि आयोजना गरिने हरेक आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम गर्ने क्रममा अब किर्ते सरकार भएको बताए । उनले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा किर्ते गरेपछि किर्ते सरकार भएको बताए ।
नेता रावलले सरकार निरंकुश भएको बताउँदै त्यसका विरुद्ध जनप्रदर्शन आवश्यक भएको बताए । ‘केपी ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘त्यसमा आम नागरिकलाई सहभागी हुन आव्हान गर्दछु ।’

आम सभालाई नेकपाका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ति बाहेक सम्बोधनकर्ताको टुंगो नलागेको ईञ्चार्ज रावलले बताए ।
यसैगरी, नेता रावलले प्रदेश सरकारमा मन्त्री थप्ने, रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र मन्त्रीमण्डलको हेरफेर गर्ने अधिकार मुख्यमन्त्रीको रहेको बताउँदै मुख्यमन्त्रीले पार्टीको नीतिगत निर्देशन अनुसार काम गर्ने बताए । उनले पार्टीले सरकारलाई उचित समयमा र तत्काल गर्नुपर्ने कामहरु तत्काल गर्न र जनतालाई सेवा सुविधा सथासिघ्र पु¥याउनुपर्ने नीतिगत निर्देशन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार