१२ बैशाख २०८१, बुधबार

वडाध्यक्षद्वारा पदबाट राजिनामा



दार्चुला । दार्चुला लेकम गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्रराज जोशीले पदबाट राजिनामा दिएका छन् । वडाध्यक्ष जोशीले बुधबार लेकम गाउ“पालिकामा राजिनामा बुझाएको बताए ।

वडाध्यक्ष जोशीमाथि कार्यालयमा मदिरा सेवन गरि सेवाग्राहीको सिफारिस च्यातेको र सेवाग्राहीलाई सिफारिस नदिएको आरोप लागेपछि पदबाट राजिनामा दिएको बताइएको छ ।
उनले आफ्नो राजिनामा गाउपालिका अध्यक्षलाई नबुझाएर गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छन् ।

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले वडाध्यक्ष जोशीले आफुलाई राजिनामा पत्र बुझाएको र आफुले यो आफ्नो कार्यक्षेत्र नभएकोले गाउ“पालिका अध्यक्षलाई पत्र दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार