१२ बैशाख २०८१, बुधबार

नयाँ संक्रमण दरमा कमी, स्वाब संकलन दर पनि घट्यो



सुदूरपश्चिम प्रदेशमा कोरोना

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई महिनायता कोरोना संक्रमणका नया“ बिरामी दरमा क्रमशः कमी आएको छ । प्रदेशमा गत मंंसिर महिनाको शुरुदेखि नै कोरोना संक्रमण दरमा कमी आइरहेको तथ्यांकले देखाएका छन् ।

पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकलन दरमा पनि कमी आइरहेको छ । यससंगै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गराउनेको संख्या पनि घट्दै गएको छ ।

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गत कार्तिक महिनासम्म दैनिक पा“च सयको हाराहारीमा स्वाब परीक्षण हु“दै आएको थियो । त्यस्तै, मंसिरदेखि पुस महिनाको १५ गतेसम्म स्वाब परीक्षण दर घटेर दैनिक तीन सयको हाराहारीमा पुगेको छ । पुस १६ गतेदेखि सो दरमा अझ कमी आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय दैनिक दुई सयको हाराहारीा स्वाव परीक्षण भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न कोरोना परीक्षण प्रयोगशालामा गत पुस १७ गते तीन सय १८ स्वाव परीक्षण गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पुस १८ गते तीन सय ९६ स्वाव परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, गत पुस २४ गते दुई सय ५४ स्वाव परीक्षण हु“दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने पुस २५ गतेदेखि करिब एक सय स्वाव परीक्षण भएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पुस २५ गते विभिन्न प्रयोगशालामा एक सय चार स्वाब परीक्षण हु“दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसयता सुदूरपश्चिम प्रदेशमा थप नयाँ संक्रमितको संख्या दैनिक १० जनाको हाराहारीमा झरेको छ । प्रदेशमा पुस २९ गते एक सय ५३ स्वाव परीक्षण हु“दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार माघ १ देखि मंगलबारसम्म प्रदेशमा क्रमशः सात, एक, एक, दुई, नौ र आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले मंगलबार अनुमोदनसंग भने– स्वाव संकलनका आधारमा संक्रमितको संख्या थपघट हुने गर्छ ।

उनले कैलालीमा पछिल्लो समय दैनिक ५० को हाराहारीमा स्वाब संकलन भइरहेको बताए ।

स्वाब परीक्षणको दायरा घटेर कोरोना संक्रमण कम देखिए पनि कोरोनाको जोखिम कायमै रहेकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन् । अहिले कन्ट्याक्ट ट्रेसिङमा पर्दासमेत परीक्षण नगराउने मानसिकताका कारण संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य अधिकारीहरू बताउछन् । उनीहरू कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्नमा हेल्चक्राई नगर्न अनुरोध गरिरहेका छन् ।

अहिले कोरोनाको दैनिक संक्रमण घटेकाले धेरैले कोरोनाको जोखिम कम भएको हो की भन्ने बुझिरहेका छन् । तर वास्तविकतामा भने परीक्षणको दायरा कम भएकाले संक्रमण पनि कम देखिएको स्वासथ्य निकायका तथ्यांकले पुष्टि गरेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले परीक्षणको दायरा कम हुनुमा मानिसहरूमा कोरोना भाइरसको डर कम हुँदै जानु, सामाजिक वहिस्कार हुने डर र कन्ट्याक्ट ट्रेसिङ नहुनु लगायतका कारण रहेको बताए ।

उनले कोरोनालाई हल्का रूपमा नलिन साथै स्वास्थ्य सचेतना अपनाउन सुझाव समेत दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले शुरुवाती चरण जसरी अहिले मानिसमा कोरोनाको त्रास घट्दै गएर अहिले जनजिवन सामान्य जस्तै बन्न लागेको बताए । उनले कोरोना भाइरसको जोखिम नहटेकाले विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डको पालना गरि सबै अघि बढ्नुपर्ने सुझाव दिए ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३५ हजार ७६ स्वाव संकलन गरिएको छ । त्यसमध्ये एक लाख ३४ हजार छ सय ६८ स्वाव परीक्षण गरिएको छ भने चार सय आठ स्वाव परीक्षणका क्रममा रहेका छन् । प्रदेशमा हालसम्म १३ हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ हजार तीन सय ३५ जना संक्रमण मुक्त भइसकेका छन् ।

थप आठ जनामा संक्रमण

सुदूरपश्चिम प्रदेशमा मंगलबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको तीन वटा प्रयोगशालामा एक सय ३७ स्वाव परीक्षण गरिदा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा ७० स्वाव परीक्षण हु“दा चार, डडेल्धुरा अस्पतालमा १७ स्वाव परीक्षण हुँदा एक र बझाङ अस्पतालको प्रयोगशालामा ४३ स्वाव परीक्षण हु“दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार कैलालीका तीन, कञ्चनपुरका एक, बझाङका तीन र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै, मंगलबार कञ्चनपुर र डडेल्धुराका तीन÷तीन गरि छ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १२ हजार तीन सय ३५ पुगेको छ । प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल संक्रमितमध्ये प्रदेशमा हालसम्म एक हजार पाँच सय १४ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित सबैभन्दा बढी कैलालीमा रहेको छ ।

लालीमा पा“च सय ६०, कञ्चनपुरका एक सय २५, अछामको ७०, बैतडी ८०, बझाङ दुई सय २३, बाजुराको ५९, डडेल्धुरा एक सय १६, डोटीका एक सय ७१ र दार्चुलाका ६३ जना रहेका छन् । यस्तै अन्य जिल्लाका ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार एक हजार चार सय १५ संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ७० जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । तीन जना संक्रमितका आइसीयूमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार