१३ बैशाख २०८१, बिहीबार

मेडिकल विश्वविद्यालयको माग



धनगढी । कैलालीको निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका छ वटा विद्यार्थी संगठनहरूले सोमबार संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न माग गरे ।
‘नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा यो विषय सुदूरपश्चिम प्रदेशका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धिसंगै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि सोचिनु पर्छ । यो सन्दर्भमा प्रस्तावित मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय घोषणा गरेर विश्वविद्यालयको शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्ष देखि प्रारम्भिक चरणको पठनपाठन सुचारु गर्न राज्य संग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश सिंह ऐरी, अखिल (क्रान्तिकारी) सेती महाकालीका संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज उमेश विष्ट, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुष्कर जोशी र अखिल छैठौका प्रदेश सदस्य पुष्कर भट्टले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार