१५ बैशाख २०८१, शनिबार

सूचना प्रविधि विभागका पदाधिकारीहरुको पदस्थापन



धनगढी । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्रविधि तथा प्रचार विभाग, केलाली शाखाका पदाधिकारीहरुको आइतबार यहा पदस्थापन कार्यक्रम भएको छ ।

सूचना प्रविधि तथा प्रचार विभाग, कैलाली शाखाका संयोजक गगन अयडी तथा अन्य पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले टीका तथा खादा लगाएका थिए ।
सो अवसरमा प्रदेश सभा सदस्य पन्तले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विधि, पद्धती र कानुन मिचेर काम गरिरहेको आरोप लगाए । उनले भने– यो सरकारले न संविधान र कानुन मानेको छ, न त जनताको पक्षमा काम नै गर्न सकेको छ ।

उनले नेपाली का“ग्रेस कानुन र संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने बताए ‘सरकारले प्रतिनिधी सभा विघटन गरेको छ । यो विषय अहिले संवैधानिक इजलासमा प्रवेश गरेको छ । त्यसैले अदालतलाई प्रभाव पार्ने गरी काँग्रेसले कुनै कदम अघि बढाउँदैन ।

उनले प्रतिनिधी सभा विघटन असंवैधानिक तथा अलोकतान्त्रिक भएको नेपाली काँग्रेसको ठहर रहेको बताए । उनले नेपाली कांग्रेसका सबै ईकाई तथा नेताकार्यकर्ताहरुले काँग्रेसका पालामा भएका विकास निर्माण कार्यबारे जनतालाई जानकारी गराउन जुट्नुपर्ने बताए ।

धनगढी उपमहानगरपालिका उपप्रमुख भट्टले लोकतान्त्रिक पद्धति कमजोर हुदा सबैभन्दा बढी सञ्चार क्षेत्र नै प्रभावित हुने चर्चा गरिन् ।

उनले देशमा समस्या आउँदा त्यसको निकास निकाल्ने काम नेपाली काँग्रेसकै नेतृत्वमा भएको बताइन । उनले भनिन– नेपाली का“ग्रेसकै नेतृत्वमा संविधान जारी भएको छ । सशस्त्र जनयुद्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेपाली काँग्रेसले नै नेतृत्व गर्यो । प्रजातन्त्रको लडाइको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्दै आएको छ ।

सूचना प्रविधि तथा प्रचार विभागका सुदूरपश्चिम प्रदेश संयोजक दिपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातान्त्रिक महासंघ कैलालीका अध्यक्ष तुलसी देवकोटा, बरिष्ठ पत्रकार मनमोहन स्वाँर, नेपाल प्रेस यूनियन केन्द्रिय सदस्य जगत साउ“द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला संयोजक गगन अयडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर ऐरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार