१६ चैत्र २०८०, शुक्रबार

अव्यवस्थित खोकाछाप्राबारे नगरपालिकाको ध्यानाकर्षण



धनगढी । अत्तरिया उद्योग बाणिज्य संघले अत्तरिया बजारमा पछिल्ला दिनहरुमा बजार क्षेत्रमा अब्यवस्थित ढंगले खोकाछाप्राका साथै सेल बजार बढेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा नेतृत्वमा व्यवसायीहरुको एक टोलीले नगर प्रमुख हरिसिंह साउँदलाई आईतबार ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको छ ।

संघका अध्यक्ष देवकोटाले बजारका सडकपेटीमा ब्यापार गर्ने ब्यापारीले कर पनि नतिर्ने भएकाले उनिहरुलाई करको दायरामा ल्याउनु पर्ने सुझाव दिए ।

‘कर तिर्ने ब्यवसायीहरु मारमा परेका छन्, कर समेत नतिर्ने व्यवसायीहरु बढेका छन्’ संघका अध्यक्ष देवकोटाले भने– अर्कोतर्फ जथाभावी रुपमा सेल लगाउने ब्यापारीहरुको संख्या बढेको छ । यसले सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसमा नगरपालिकाले ध्यान दिनु जरुरी छ ।
व्यवसायीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख साउ“दले समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने– बजारलाई ब्यबस्थित गर्नु पर्दछ । अहिले नगर प्रहरीहरु नगरपालिकाको अन्य काममा ब्यस्त छन । त्यसैले बजार अस्तब्यस्त देखिएको होला । छिट्टै यसमा हामी पहल गर्छौ“ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार