१५ बैशाख २०८१, शनिबार

कोल्ड सेन्टर निर्माण कार्य ६० प्रतिशत पुरा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा कोल्ड सेन्टर (चिस्यान केन्द्र) निर्माण कार्य हालसम्म ६० प्रतिशत पुरा भएको छ । सो चिस्यान केन्द्रको निर्माण कार्य चालू आर्थिक वर्ष २०७७÷७८ भित्रै पुरा गरिसक्नेगरी सम्झौता थप गरिएको छ ।

चिस्यान केन्द्र निर्माणको जिम्मेबारी लिएको रबिना कन्स्ट्रक्सनका इन्जिनियर नविन भण्डारीले चालू आर्थिक वर्षभित्र निर्माण कार्य पुरा गर्नेगरी काम भइरहेको जानकारी दिए । यसअघि सो चिस्यान केन्द्रको निर्माण कार्य मंसिर महिनासम्म पुरा गर्नेगरी ठेक्कासम्झौता भएको थियो ।
इन्जिनियर भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण निर्माण कार्यमा अवरोध आएको र अहिले छ महिना समय थप गरेर काम अगाडि बढाइएको बताए ।

नेपाल सरकारले सो चिस्यान केन्द्र निर्माणका लागि २०७५ साल मंसिर १८ गते रबिना कन्स्ट्रक्सनसंग २०७५ मंसिर १८ गते दुई वर्षभित्रै निर्माण पुरा गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।

‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गर्नुअघि पनि निर्माण सामग्रीको अभावमा निर्माण कार्यमा ढिलाई भइरहेको थियोे’ इन्जिनियर भण्डारीले भने– प्रायः सबै निर्माण सामग्री भारतबाट ल्याउनुपर्ने अवस्था थियो । त्यसैमा सरकारले लकडाउन गरेपछि काम पूर्ण रुपमा ठप्प भयो ।

संघीय सरकारको १० करोड ४९ लाख ७३ हजार रुपैयाँको लगानीमा वडा नम्बर १९ मा १५ कट्टा क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । दुई हजार मेट्रिक टन भण्डारण क्षमता भएको सो कोल्ड सेन्टरमा स्थानीय स्तरमा उत्पादित खाद्यान्न तथा तरकारी भण्डारण गरिने जनाइएको छ ।

चिस्यान केन्द्र बन्ने भएपछि यस क्षेत्रका किसानहरु पनि खुशी भएका छन् । चिस्यान केन्द्र नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी तथा खाद्यान्न भण्डारणमा समस्या हु“दै आएको छ । चिस्यान केन्द्र बनेमा कुनै पनि मौसममा उत्पादित तरकारी तथा खाद्यान्नलाई भण्डारण गरेर बेमौसममा पनि प्रयोग गर्न सकिने ज्ञान केन्द्र कैलालीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए ।

उनले यसले यस क्षेत्रका किसानलाई तरकारी खेतीतर्फ लाग्न प्रेरित पनि हुने बताए । ‘यस क्षेत्रका लागि चिस्यान केन्द्र अति आवश्यक हो’ उनले भने– तरकारी उत्पादन भइसकेपछि कहा“ लिएर राख्ने भन्ने समस्या हु“दैन । यसले गर्दा यहा“का किसानलाई पनि तरकारी खेतीतर्फ आकषित हुन मद्दत पनि पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार