७ बैशाख २०८१, शुक्रबार

संसद विघटनविरुद्ध नेपाली काँग्रेसको आन्दोलन



स्थानीय तह स्तरीय विरोध प्रदर्शन तथा सभा

धनगढी । संसद विघटनको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले शनिबार देशका सबै पालिकाहरुमा विरोध प्रदर्शन तथा सभा गरेको छ ।

यसअघि संसदीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्रदर्शन तथा विरोध सभा गरिसकेको का“ग्रेसले शनिबार देशका सबै ७५३ स्थानीय तहहरुमा प्रदर्शन तथा सभा गर्‍यो । कैलालीमा सबै १३ वटै स्थानीय तहमा विरोध प्रदर्शन तथा सभा आयोजना गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

विभिन्न स्थानीय तहमा गरिएका विरोध सभामा वक्ताहरुले सरकारले गरेको संसद विघटनको असंवैधानिक कदमले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार भएको दोहोराए ।
वक्ताहरुले आफ्नो पार्टीभित्रको किचलो व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान तथा संवैधानिक विधि र प्रक्रिया नै समाप्त पार्ने दुस्प्रयास गरेको आरोप लगाए ।
कैलालीको गौरिगंगा नगरपालिकामा भएको सभामा नेपाली का“ग्रेस पूर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको घटना २०१७ सालमा राजाले गरेको कुको पुनरावृत्ति भएको चर्चा गरे ।

उनले भने– आफ्नो पार्टी भित्रको विरोध सहन गर्न नसकेर बहुमतको कम्युनिस्ट सरकारले २०१७ सालमा राजाले संसदीय व्यवस्थालाई नै समाप्त पारेको घटना जस्तै अहिले गैरसंवैधानिक पाइला चालेको छ । नेता भण्डारीले प्रधानमन्त्री ओली पाखण्डी र घमण्डी व्यक्ति भएको आरोप लगाए । भने– उनले अहंकारको आवेगमा जनताको मत, जनताको भावना तथा राष्ट्रमाथि नै संकट सिर्जना गरेका छन् ।

नेता भण्डारीले कम्युनिष्ट सरकारको अविवेकी तथा गैरसंवैधानिक पाइला सच्याउन आन्दोलनको आँधीबेहरी ल्याउन काँग्रेसका आम कार्यकर्ता, तथा सम्पूर्ण लोकतन्त्रवादी र राष्ट्रवादी नेपाली जनता सडकमा आउन आह्वान गरे । उनले भने– जनताभन्दा अर्को ठूलो अदालत छैन । त्यसैले अब नेपाली जनताले आन्दोलनको आंधीबेहरी ल्याउन तत्पर हुनुको विकल्प छैन ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशी, नेता यज्ञराज चौधरी, नेतृ मेनुका जोशी, जिल्ला सल्लाहकार सदस्य यज्ञनिधि कोईराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विरोध सभा गौरिगंगा नगर कार्यसमिति सभापति काँशीराम शर्माको अध्यक्षतामा भएको थियो ।
नगर सचिव हेमन्तराज जोशीले सञ्चालन गरेको विरोध सभामा नेविसंघका क्षेत्रीय सभापति बिष्णु भाटले स्वागत गरेका थिए ।

आन्दोलनका क्रममा धनगढी नगर कार्यसमितिको आयोजनामा धनगढीमा वृहत र्याली तथा विरोध सभा भएको छ । विरोध सभामा सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेता डाक्टर रणबहादुर रावलले केपी ओली नेतृत्वको सरकारका गलत कार्य, भ्रष्टाचारका घटनाबारे जनतालाई जागरुक बनाउन सबै नेताकार्यकर्ता अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बम

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई सरकारले नै संरक्षण दिएको आरोप लगाए । नेपाल महिला संघ, कैलालीका अध्यक्ष पुष्पा भट्टले वर्तमान सरकारले संसद विघटन गरेपछि राष्ट्र जटिल मोडमा आइपुगेको चर्चा गरिन् । विरोध सभा नेपाली कांग्रेस धनगढी नगर समितिका सभापति तथा नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव यज्ञराज उपाध्यायले गरेका थिए ।

त्यस्तै, गोदावरी नगर समितिको आयोजनामा अत्तरियामा बिरोध प्रदर्शन तथा सभा भएको छ ।
विरोध सभामा नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठकले कम्युनिष्ट सरकारले नेपालमा एकतन्त्रीय शासन स्थापना गर्ने कुचेष्टा सहित संसद विघटन गरेको दाबी गरे । नेता पाठकले भने– केपी ओली र प्रचण्ड–माधवबीच कसले आफ्नो पालामा एकतन्त्रीय शासन स्थापना गर्ने ? भन्ने विवाद बढ्दा नै यो अवस्था आएको हो । यो सबै नेपालमा एकतन्त्रीय अधिनायकवादी शासन स्थापना गर्न गरिएको प्रयास हो ।

बैतडीमा सबै १० वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन तथा विरोध सभा आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।
यस क्रममा दशरथचन्द नगरपालिकाको गोठलापानी तथा पाटन नगरपालिकाको खोड्पेमा विरोध प्रदर्शन तथा सभा गरिएको छ ।
विरोध सभामा नेपाली कांग्रेसका नेता एवं पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्दले केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को गर्दै संविधान उललंघन गरिरहेको आरोप लगाए ।
त्यस्तै बैतडीको सिगास गाउ“पालिकाको गर्जेमा आयोजित सभामा सिगास गाउ“पालिकाका अध्यक्ष नेता हरिसिंह धामीले संसद विघटनविरुद्ध अझ सशक्त आन्दोलन अघि बढाउनु पर्ने बताउ ।

त्यस्तै, बैतडीको सुर्नया गाउ“पालिकामा आयोजना गरिएको विरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव एवं सुर्नया गाउ“पालिका अध्यक्ष बीरबहादुर बिष्टले संसद विघटन गरेर प्रधानमन्त्री ओली तथा उनको सरकारले नेपाली जनताको अपमान गरेको बताए ।
त्यस्तै, मेलौली नगरपालिकाको मेलौली, शिवनाथको सुल्लेखानमा विरोध प्रदर्शन तथा सभा आयोजना गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

त्यस्तै, दोगडाकेदार गाउ“पालिकाको खोचलेकमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्टले सम्बोधन गरेका थिए । भने डिलाशैनीको गोकुलेश्वरमा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार