१६ चैत्र २०८०, शुक्रबार

वन संरक्षणमार्फत सामाजिक सेवामा



टीकापुर । कुनैवेला मानिसको अगाडी उभिएर बोल्न पनि हिच्किचाउने कैलालीको जानकी गाउँपालिकाको कटासे गाउँकी दुर्गा भाट अहिले सामाजिक अगुवा बनेकी छिन् ।

सामुदायिक वन समितिमा आवद्ध भएर बन वातावरण संरक्षणमा लागेपछि अहिले दुर्गा सामाजिक अगुवा बनेकी छिन् ।

महिला मात्रैले जिम्मेवारी लिएर चलाएको सामुदायिक वनका माध्यमले दुर्गाको समूहले महिलाको विकासका लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । ‘सामुदायिक वनको आम्दानीको केही अंश हामीले महिलाको नेतृत्व तथा क्षमता विकासमा लगाउने गरेका छौं’, सचिव भाट भन्छिन्, ‘पुरुषले नेतृत्व गरेको वनमा चोरी तथा तस्करीका घटना बढी हुने गरेको सुनिंदा हाम्रो वन हराभरा हु“दै गएको छ, महिला राति गस्तीमा समेत जाँदा चोरी शिकारीका घटना कम हुन्छन् ।’

उक्त गाउ“पालिकामा रहेका अन्य सामुदायिक वनको तुलनामा महिला जागृति सामुदायिक वनको कारोवार र विकासबाट आफूहरूमा सन्तुष्टि मिलेको उनी बताउ“छिन्् । सो सामुदायिक वनले महिलाको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम नियमितरुपमा सञ्चालन गरिरहेको छ ।

२०५६ सालदेखि वन संरक्षणमा लाग्की रतना कडायत कैलालीको गोेदावरी नगरपालिकाका उपप्रमुखको भूमिकामा पुग्न सफलता मिलेको छ । ‘सामुदायिक वनको संरक्षणमा लागिरह“दा भएको क्षमता विकासले नै यहाँसम्म पुग्न सफल भए, वनमा काम गर्दा मैले क्षमता विकास गर्ने अवसर पाएँ’, उपप्रमुख कडायतले भनीन्, ‘अहिले पनि पछाडि परेका समुदाय, महिलाको क्षमता विकासलाई आफूले प्राथमिकतामा राखेर काम गरिरहेकी छु ।’

आफ्नो जीवनमा महत्वपूर्ण र सिकाइको थलोका रुपमा सामुदायिक वन भएको महशुस भएकाले सामुदायिक वनलाई महिलाका लागि राम्रो काम गर्ने र क्षमता विकास गर्ने थलोका रुपमा प्रयोग गर्न सकिने अनुभव उनी सुनाउँछिन् ।

लम्कीचुहाकी कोकिला देवल २५ वर्षदेखि वन संरक्षणमा सक्रिय छन् । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशकी सदस्य देवल यो क्षेत्रको उदाहरणीय महिलाका रुपमा स्थापित छन् । लामो समय वनको नेतृत्वमा बिताएकी उनी हाल नर्वदा सामुदायिक वन लम्कीको अध्यक्ष भएर वन व्यवस्थापनमा सक्रिय छन् । ‘मैले वनमा काम गर्दा शुरुमा निकै कठिनाइ झेलें, धेरैले नकारात्मक टीकाटिप्पणी गरें तर वनमा निरन्तर सेवा गरेपछि हाल सबैले मलाई विश्वास गरेका छन्’, देवलले भनीन्, ‘म वन तथा वातावरण संरक्षणको अभियानर्की मात्र होइन महिलाको लिडरका रुपमा अघि सरेकी हुँ ।’

महिलाले घर, भान्सा, बालबच्चा र परिवार व्यवस्थापन मात्र गर्न सक्छन्् भन्ने समाजलाई चुनौती दिन यी महिलाले गरेको संघर्ष र वन समूहमा काम गर्न पाएको अवसरले सबैको सोंच बदलिदिएको छ । देवल कुशल वन व्यवस्थापक, सामाजिक अभियानर्की र विकासप्रेमी महिलाका रुपमा समाजमा स्थापित भएकी छन् ।

जानकी गाउँपालिका–९ की कुशल वन व्यवस्थापक चन्द्रा विक पनि वनकर्मी महिलाका रुपमा चिनिन्छिन् । वन संरक्षणमा लागेकी चन्द्राले कुशल व्यवस्थापन पुरुषका लागि चुनौती जस्तै बनेको छ । चन्द्राको दैनिकी वन, सामाजिक संघसंस्था र महिलाका विषयमा छलफलमै बित्ने गरेको छ ।

विसं २०५४ बाट सामुदायिक वन संरक्षणमा लागेकी चन्द्रा महिलालाई संगठित बनाउ“दै २०६६ मा वन दर्ता गर्न सफल भएकी थिइन । ‘शुरुशुरुमा महिला सामुदायिक वन संरक्षणमा लाग्छौं भन्दा सबै हाँसेका थिए’, उनले भनीन्, ‘विसं २०६६ सम्म वन हराभरा बनायौं, सबै दंग परे, अनि हामीले विश्वास जित्यौं, हाम्रो वनमा चोरीका घटना निकै कम हुन्छन् ।’

महिला जागृति सामुदायिक वनले महिलाका लागि बाख्रा वितरण, सीपमूलक तालीम, कृषिमा सहयोग जस्ता कार्यक्रम गर्दै आएको छ । पछिल्ला वर्षमा कैलाली जिल्लामा महिलाको नेतृत्व विकास गर्ने अवसरका रुपमा सामुदायिक वन देखिन थालेका छन् । सामुदायिक वनमा जिम्मेवारी सम्हालेका कतिपय महिला अहिले नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका मात्र नभई उनीहरू समुदायको विकास निर्माण, समाजमा हुने हिंसा न्यूनीकरण, सामाजिक समस्याको निराकरणका अभियानर्कीका रुपमा स्थापित हुन थालेका छन् ।

पछिल्लो समय सामुदायिक वनमा महिला सहभागिता बढाउनुपर्छ भन्नेमा बढी छलफल समेत हुन थालेको छ । कैलालीमा ५७६ सामुदायिक वन छन् । त्यसमध्ये ६४ वटा वनको नेतृत्व महिलाले गरिरहेका छन् । जिल्लामा अझै झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा रहेका छन् । महिला नेतृत्वमा भएका वनका गतिविधि विवादरहित र आर्थिकरुपमा पारदर्शी मात्र नभई उनीहरूका वन हराभारसमेत भएको अनुभव सामुदायिक वन उपभोक्ता महासंघ कैलालकिा अध्यक्ष कर्ण रावलले बताए ।

वन ऐन नियमअनुसार बनाइएको सामुदायिक वनको मार्गदर्शनमा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागिता बढाउने नीति छ । यसका लागि सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था वन मार्गदर्शनमा गरिएको छ ।

‘अध्यक्ष, सचिव, कोषाध्यक्ष जस्ता कार्यकारी पदमा पनि महिलाको प्रतिनिधित्व हुनैपर्ने नीति रहेकाले सामुदायिक वनमा महिलाको प्रतिनिधित्व बढ्दा उनीहरूको नेतृत्व क्षमताको विकास हुँदै गएको छ’, डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘महिलाले नेतृत्व गरेको वनमा तुलनात्मक रुपमा चोरी सिकारी हुने जस्ता घटनामा कमी आएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार