१३ बैशाख २०८१, बिहीबार

गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा



टीकापुर । टीकापुर नगरपालिकाले गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा शुरु गरेको छ ।

नगरपालिकाले शुक्रबार धनसिंहपुर स्वास्थ्य चौकीमा गर्भवति महिलाका लागि अल्ट्रासाउण्ड सेवा प्रदान गरेको थियो । पहिलो दिन ११ जना गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएका छन् ।
अल्ट्रासाउण्ड सेवा सञ्चालन आरम्भ गर्दै नगर प्रमुख तपेन्द्र बहादुर रावलले यो कार्यक्रमबाट मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउने र गर्भावस्थामा हुने जोखिम कम गर्न सहायक बन्ने विश्वास व्यक्त गरे ।

नगर उपप्रमुख केसरी रावल बिष्टका अनुसार सुदूरपश्चिम प्रदेश प्रदेश सरकारले अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएपछि नगरपालिकाले प्रत्येक वडामा सेवा सञ्चालन गरेको छ ।
अल्ट्रासाउण्ड सेवा आगामी ९ गतेसम्म सञ्चालन हुने नगरपालिकाका जनस्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार