१० श्रावण २०८१, बिहीबार

चुरे गाउँपालिकाको आठौं हिउँदे गाउँसभा



धनगढी । कैलालीको चुरे गाउँपालिकाको आठौं हिउँदे गाउँसभा सम्पन्न भएको छ ।

सभामा बोल्दै अध्यक्ष धनबहादुर रोकामगरले गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च बढाउन सबै शाखा प्रमुखहरुलाई आग्रह गरे ।

गत वर्ष कोरोनाका कारण विकास निर्माण लगायत अन्य काम प्रभावित भएको स्मरण गर्दै अध्यक्ष रोकामगरले भने यो वर्ष गाउँपालिकामा भइरहेका विकास निर्माणका कामहरुलाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको छ ।

उनले चुरे गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालसँग जोडिसकिएकोले सडकको स्त्तरोन्तीका काम गर्नुपर्ने बताए । विगतका वर्षमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा काम गर्न कठिनाई भएको बताउँदै अध्यक्ष रोकामगरले भने अब गाउँपालिकाका आफ्नै प्रशासनिक भवनबाट सेवा प्रबाह भएको हुन थालेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहोराले कैलालीका अन्य स्थानीय तहभन्दा चुरे गाउँपालिकामा धेरै विकास निर्माणका काम भएको बताए ।

उनले चुरे गाउँपालिकाको आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन, ४ वटा वडाका प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न हुनुपनि उपलब्धिमूलक मान्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दीपादेबी साउँदले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार