१० श्रावण २०८१, बिहीबार

हामीहरू अहिले सडकमा– मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आफूहरू अहिले सडकमा रहेको बताएका छन् । अत्तरियामा आयोजित ‘कला संस्कृतीको पहिचान समुहको अभीयान’ कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले जनताको आवाज उठाउने थलो प्रतिनिधि सभा विघटन भएपछि आफूहरू सडकमा रहेको बताए ।

‘देश आज एकदमै जटिल अवस्थाबाट गुज्रिरहेको छ । जनताको अमुल्य मतबाट विजयी भइ हरेक क्षेत्रमा २ तिहाईको सरकार गठन गरी देश विकासको निर्माणको काम अगाडी बढीरहेको बेला दुर्घटना हुन गएको छ’ उनले भने ‘जनताको आवाज उठाउने थलो प्रतिनिधि सभा विघटन भएको छ । हामी सडकमा छौ ।’ उनले आफूहरूले प्रतिनिधि सभा पुनस्थापना हुन पर्ने माग सहित सडकमा आएको बताए ।

उनले नेपालको संबिधानको धारा ७६ ले कतै पनि संसद विघटन गर्ने अधिकार कसैलाई पनि नदिएको बताए ।

मन्त्री सुवेदीले कला, साहित्यको क्षेत्रबाट पनि सरकारका गलत कदमको विरोध गर्न आवश्यक रहेको बताए ।

हाम्रो संस्कृति पहिचान समूह गोदावरी नगरपालिका र रेडीयो प्रदेश सेभेनको आयोजनामा भएको कार्यक्रमको सह आयोजक सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश रहेको थियो । कार्यक्रमा विभिन्न संस्कृति र भेषभूष झल्किने गित र नृत्य प्रस्तुत गरिएका थिए ।

हाम्रो संस्कृति पहिचान समूहकी अध्यक्ष धना चोखालको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अथिति सामाजिक विकास मन्त्री सुवेदी रहेका थिए । कार्यक्रममा प्रदेश सभा सासंद चुन कुमारी चौधरी, गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार