१४ बैशाख २०८१, शुक्रबार

भजनीमा तीन दिन विदा



धनगढी । कैलालीको भजनी नगरपालिकामा आज बुधवार देखि तीन दिनसम्म सार्वजनिक बिदा हुने भएको छ ।

थारु समुदायको माघीको अवसरमा माघ २ गते नगरपालिकाले बिदा दिने निर्णय गरेको छ । योस“गै माघीमा लागि लगातार तीन दिन बिदा हुने भएको छ ।

२९ पुसमा सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा यस अघि नै सार्वजनिक दिएको बिदा दिने निर्णय गरिसकेको छ । माघ १ गते संघीय सरकारले दिएको बिदा र माघ २ गते नगरपालिकाले दिएको बिदा गरी ३ दिन सार्वजनिक बिदा परेको हो ।

माघ २ गते दिइने बिदाबारे भजनी नगरपालिकाले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार