७ बैशाख २०८१, शुक्रबार

मन्त्री लेखराजको आरोप– माओवादी छिन्नभिन्न हुनुमा नारायणकाजी दोषि



धनगढी । संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपाको ओली समुहका नेता लेखराज भट्टले पूर्व माओवादी छिन्नभिन्न हुनुमा नारायणकाजी श्रेष्ठ दोषि रहेको आरोप लगाएका छन् ।

नेकपा ओली समूहले मंगलवार धनगढीमा आयोजना गरेको बैठकमा मन्त्री भट्टले पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा नारायणकाजीलाई भित्राएपछि पूर्व माओवादीको अवसान सुरु भएको दाबी गरे ।

उनले भने– शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र जोडियो । त्यहीबाट पूर्व माओवादीको अवसान हुन सुरु भयो ।

नेता भट्टले प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आउँदा मुख्यमन्त्रीले परम्परा नमानेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट तीव्र असहयोग हुन थालेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको दाबी गरे ।

यसैबीच, मंगलबार नै नेकपा जिल्ला कमिटी कैलालीका पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन्् । नेकपा ओली समूहले बिस्तार गरेको कमिटीका सात सय ५१ जना रहेका छन्् ।
जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाका अनुसार पदाधिकारी थपिएपछि १७५ जनाको जिल्ला कमिटीमा सात सय ५१ सदस्य पुगेका छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार