१५ बैशाख २०८१, शनिबार

सामाजिक अभियन्ता : खनालको सरसफाई अभियान



धनगढी । सामाजिक अभियन्ता केपी खनालले कैलालीमा सरसफाई अभियान सुरु गरेका छन् । ‘सके सफा गरौ नसके फोहोर नगरौ’ भन्ने मुल नाराका साथ सोमबार कैलालीको लम्कीबाट सुरु भएको सरसफाई अभियान राजमार्ग हुँदै मंगलवार धनगढीमा आइपुगेको छ ।

खनालले धनगढीको क्याम्पस रोडबाट सुरु गरेको सरसफाई अभियान पार्कमोड पुगेर सकिएको थियो ।

विभिन्न सामाजिक कार्यमा सक्रिय देशकै कान्छा सामाजिक अभियन्ता भनेर चिनीने केपी खनाले मैनादेवी फाउण्डेसनको आयोजनामा धनगढीमा सरसफाई अभियान शुरु गरेका हुन् । सरसफाई अभियानको उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले धनगढी उपमहानगरपालिकाले महिनामा दुई पटक बजार सरसफाईको कार्यक्रम सुरु गरेको भएपनि कोभीडका कारणले त्यसलाई स्थगित गरेको बताए ।

मैनादेवी फाउण्डेसनका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता खनालले यस अभियान अन्र्तगत जिल्लाको पुर्बपश्चिम राजमार्ग अन्र्तगत पर्ने सबै स्थानीय तहको राजमार्गक्षेत्रका बजारमा सरसफाई गरीने बताए । जिल्लाको टीकापुर, बौनिया, सुख्खड, मसुरीया, अत्तरीया, धनगढी लगायतका मुख्य ८ बजारमा सरसफाई अभियान चलाउने पहिलो चरणको कार्यक्रम भएता पनि आवश्यक्ता अनुसार यसको दायरा अझ फराकिलो बनाउदै लैजाने खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार