८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री भट्ट आर्थिक मामिला मन्त्री पनि



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका सुदूरपश्चिमका दुई मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् ।

प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको फुटका कारण प्रदेशका दुई मन्त्री प्रधानमन्त्री केपी ओलीपक्षमा जाँदा रिक्त भएको दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफै लिएका हुन् । मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा पनि बसेका छन् ।

ओलीपक्षमा रहेका पुर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पुस १४ गते पदमुक्त गरेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पुस २२ गते पदबाट राजिनामा दिएका थिए । नेकपामा फुट देखिएका कारण तत्काल रिक्त पदमा मन्त्री नियुक्त गर्न नसकिएपछि मुख्यमन्त्री भट्टले रिक्त भएका दुबै मन्त्रालयका जिम्मेवारी आफैसंग राखेका छन् ।

मुख्यमन्त्री भट्टले पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यसअघि नै लिएका थिए भने सोमबारबाट आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार