माघीमा तीन दिन विदा
धनगढी । थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले माघी बनाउन तीन दिन विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको सोमबार सबेको गाउँसभाले माघीमा पुस २९ देखि माघ २ गतेसम्म विदा दिने प्रस्ताव पास गरेको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले माघी थारु समुदायको सबै भन्दा ठूलो पर्व रहेको हुनाले माघी मनाउन दिन दिन विदा दिएको जनाए ।
कैलारीको हिउँदे अधिवेशन पनि सोमबारदेखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले अधिवेशन उदघाटन गरेको प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।
हिउँदे अधिवेशन उदघाटनमा उपाध्यक्ष लक्ष्मी सत्गौवा, गाउँसभाका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित कर्मचारीको उपस्थिति रहेको थियो । गाउँसभाको अर्को बैठक माघ १६ गते बोलाइएको छ ।