१ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभा विघटन विरुद्ध बयलगाडा र्‍याली



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले बयलगाडा र्‍याली निकालेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । केही बेर अघि धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा परिणत हुने छ । बयलगाडा र्‍यालीसंगै मोटरसाइकल र्‍याली पनि छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार