६ बैशाख २०८१, बिहीबार

एन्टिजेन विधिबाट कोरोना परीक्षण



धनगढी । सुदूरपश्चिम प्रदेशमा ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण शुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले पहिलो चरणमा प्रदेशका चार जिल्लामा सो विधिबाट परिक्षण शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र अछाममा सो विधिमार्फत परिक्षणका लागि आवश्यक किट पठाइसकिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन एन्टिजेन परीक्षण शुरु गरिएको हो ।

प्रवक्ता कार्कीले पहिलो चरणमा प्रदेशमा सात हजार पाँच सय किट उपलब्ध गराइएको छ । हामीले ‘हटस्पट’ मानिएका जिल्लामा परिक्षण गर्नका लागि किट उपलब्ध गराएका र्छौ ।’ उनले सात हजार पा“च सय किट मध्ये चार जिल्लाका स्वास्थ्य कार्यालयमा एक हजार पा“च सय, सेती प्रादेशिक र महाकाली अस्पतालमा पाँच सय, डडेल्धुरा अस्पतालमा एक सय किट उपलब्ध गराएको बताए ।

उनले भने– केही जिल्लामा परिक्षण शुरु भइसकेको जानकारी पाएको छु । कहाँ कहाँ परिक्षण शुरु भएको छ यकिन तथ्यांक आएको छैन ।’

स्वास्थ्य कार्यालय कैलालीले सो परिक्षण विधिबाट हालसम्म ३० जनाको परिक्षण गरिसकेको कार्यालय प्रमुख लालबहादुर धामीले बताए । उनले भने– हामीलाई एक हजार पा“च सय किट उपलब्ध गराइएको थियो । स्थानिय तहका प्रयोगशालाकर्मीहरूलाई तालिम उपलब्ध गराई अहिले प्रति स्थानीय तहमा एक सय किट उपलब्ध गराएका छौं ।’ उनले स्थानीय तहहरूले परिक्षण शुरु गर्ने तयारी गरिरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा २३ हजार बढी व्यक्तिको सो विधिबाट परिक्षण गर्ने लक्ष्य लिइएको छ ।

‘दुई सय भन्दा बढी सक्रिय संक्रमित, हटस्पट, ठूला शहर, घना बस्ती र संक्रमणको शंकास्पद व्यक्तिमा परीक्षण गरिनेछ’, प्रवक्ता कार्कीले भने, ‘परीक्षणबाट समुदायस्तरमा संक्रमण कति फैलिएको छ भन्ने थाहा हुनेछ ।’

एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन । यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार