१३ बैशाख २०८१, बिहीबार

मन्त्री बोहराद्धारा राजीनामा




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पदबाट राजीनामा गरेका छन् ।
उनले धनगढीमा पत्रकार सम्मेलन गरेर नै राजीनामा गरेको जानकारी गराएका हुन ।

उनले आफू मन्त्री हुँदा राम्रा काम गरेको दावी गरेका छन् ।

बोहरालाई प्रधानमन्त्री ओलीको समूहले केन्द्रीय सदस्यमा मनोनयन गरेपछि नेकपाका {ओली र प्रचण्ड -माधव} दुईवटै समूहबाट राजीनामा गर्न दवाव परेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा पत्र बुझाएका हुन । पहेलो खामभित्र बन्द गरिएको पाँच पृष्ठको पत्र मुख्यमन्त्री भट्टलाई बुझाउFदै आफुले पदबाट राजीनामा गरेको घोषणा गरे ।

यसअघि मन्त्री बोहराले मन्त्रालयको कार्यकक्षमै पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिन लागेको जानकारी गराएका थिए । पत्रकार सम्मेलन सकिएलगत्तै आफु निकटका प्रदेश सभा सदस्यसहित उनी पैदल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेका थिए ।
मन्त्री बोहरासंगै मुख्यमन्त्रीबाट पदमुक्त गरिएका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, नेकपा प्रदेश सभा सदस्यहरु नेपालु चौधरी, लिलाधर भट्ट, रतन बहादुर थापा, ग्याल्बुसिंह बोहरा र महेशदत्त जोशी लगायत सात जना मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेका थिए ।

छ जना प्रदेश सभा सदस्यको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बोहराले भने– दृढ इच्छाशक्ती र यथेष्ट प्रयत्नका बाबजुद जनभावना अनुसार काम गर्न विभिन्न कठिनाई एवं चुनौतिको सामना गर्नु परेकोले प्रदेश सरकारको मन्त्री पदमा बसीरहदा प्रदेशको जनताको मतको अपमान हुने देखिएकोले आजै (बुधबार) कै मितिबाट मन्त्रीको पदबाट राजीनामा गरेको घोषणा गर्दछु ।’

मंसिरसम्म आठ प्रतिशत बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ को मंसिर मसान्तसम्म कुल बजेटको आठ दशमलब छ प्रतिशत खर्च गरेको छ ।

राजीनामा घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बोहराले चालु आर्थिक वर्षमा ३३ अर्व ३८ करोड १३ लाख ३५ हजार बजेटमध्ये मंसिर मसान्तसम्म चालु तर्फ एक अर्व ३८ करोड ९९ लाख ५३ हजार र पूँजिगततर्फ एक अर्व ३० करोड १८ लाख ४१ हजार बजेट खर्च भएको जानकारी दिए ।

उनले ६७ करोड ७० लाख ३० हजार राजश्वको अनुमान गरेकोमा मंसिर मसान्तसम्म ५५ दशमलब ९४ प्रतिशत संकलन गर्न सफल भएको बताए ।

मन्त्री बोहराले आर्थिक वर्ष २०७४÷७५ देखि चालु आर्थिक वर्षसम्म आइपुग्दा प्रदेशको समग्र आर्थिक परिसूचक, मानव विकासको अवस्था, कुल ग्राहस्थ उत्पादन, पूर्वाधार विकासको अवस्था लगायतका सूचकहरूमा सुधार भएको जानकारी दिए ।

उनले कोभिडले शिथिल पारेको अर्थतन्त्रलाई चलायमान बनाउन मन्त्रालयले न्यूनतम व्याजदरमा बैंक तथा वित्तिय संस्थामार्फत पुर्नकर्जा प्रदान गर्न कार्यविधि निर्माण अन्तिम रहेको बताए । उनले भने –‘अर्थतन्त्र चलायमान बनाउन एक अर्व बजेट विनियोजन गरिएको छ । दलित, महिला, पिछडिएका वर्ग, शहिद परिवार, अपाङ, घाइते, फरक क्षमता भएका व्यक्ति र अन्यले आफनो प्रत्यक्ष संलग्नतामा संचालन गरेको कृषि, उद्योग, र पर्यटन क्षेत्रको लागि पुर्नकर्जा र नया“ उद्यम गर्नका लागि प्रदान गरिनेछ ।’

उनले मन्त्रालयले स्वरोजगार कोषलाई अघि बढाउन कार्यकारी अधिकृतको छनैट भइरहेको बताए । उनले भने ‘कार्यकारी अधिकृतको छनैट अन्तिम चरणमा रहेको छ । अबको केही दिनभित्रै कार्यक्रम सचालनमा आउने छ र यसका लागि एक अर्व ४० करोड बजेट विनियोजन गरिएको छ । विपन्न वर्गलाई आत्मनिर्भर बनउो तर्फ यस कोषको महत्वपूर्ण भूमिका रहने छ भन्ने अपेक्षा गरिएको छ ।’

मन्त्री बोहराले प्रदेश भित्रको आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न लगानी मैत्री कानुन र संरचना तयार भएको बताए । उनले भने ‘गरिबी र पछौटेपनमा रहेका वर्ग तथा क्षेत्र र समुदायको उत्थान, काम र रोजगारमा बृद्धि, आर्थिक क्रियाकलाप बढोत्तरीका लागि वित्तिय पहु“चमा वृद्धि, आधारभुत शिक्षा र प्राथमिक स्वास्थ्य सेवाको पहु“च अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन् ।’

मन्त्री बोहराले भने –राजनीतिक अंकगणित फरक छ

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आफनो राजीनामा पत्र पढीसकेपछि सञ्चारकर्मीको जिज्ञासामा भने –‘कितावको गणित फरक हो । तपाइहरूको अंकगणित पनि ठिक हुन नसक्छ । राजनीतिक अंकगणित फरक हुन्छ । तपाईहरू विस्तारै हेर्दै जानुहोला ।’
उनले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको समुहमा प्रदेश सभा सदस्यहरू सात जनामात्र खुलेको बताउ“दै भने –‘प्रधानमन्त्री समुहतर्फ आउने संख्या बढ्दै गएको छ । विभिन्न कारणले केही प्रदेश सभा सदस्यहरू खुल्न सकेका छैन । ढिलो चा“डो हामीतर्फ आउ“छन् ।’
उनले अहिले आफनो समुह कमजोर भएकाले प्रदेश सरकारतर्फ कुनै कदम अघि बढाउन योजना नरहेको बताए । मन्त्री बोहराले भने –‘प्रदेश सरकारको गुण र दोषका आधारमा हामी एक कदम अघि बढाउ“छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार