७ बैशाख २०८१, शुक्रबार

प्रदेश सरकारले संघीय मन्त्रीसंग संस्कार देखाएन : मन्त्री भट्ट




धनगढी / नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारलाई लक्षित गर्दे संघ सरकारका मन्त्रीहरुमाथि सस्कारित र राजनीतिक व्यवहार नगरेको बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने संघ सरकारले चै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई काठमाडौ पुग्दा गाडी र बसोबासको व्यवस्था गर्ने गरेको स्मरण गराए ।

संघ सरकार नेपाली कांग्रेसकै भएको भए पनि मन्त्रीहरुको ख्याल गर्नु पर्दथ्यो तर आफ्नै पार्टीका मन्त्री हुँदा पनि वास्ता नगरिएको उनको भनाइ छ ।

अर्को प्रसंगमा मन्त्री भट्टले स्पष्टरुपमा मिति र तिथि तोकेर चुनावी तयारीमा लागेको बताए । संविधानको व्याख्या सर्वोच्च अदालतले गर्ने बताउदै सरकार चुनावको तयारीमा जुटी सकेको पनि उनले बताए ।

हामी यसरी जनताका वीचमा आउनु पनि चुनावकै प्रचार हो उनले भने , वर्तमान सरकारले धेरै राम्रा काम गरेको छ त्यही कुरा बोकेर चुनावमा जान्छौ ।

फरक प्रसंगमा उहाँले प्रदेश सरकार फेरवदलमा वर्तमान सरकार नलागेको बताए । उनले भने,अर्को पक्षका गतिविधि हेर्दे छौ, उनीहरुका गतिविधि अनुसार अवका्े स्थायी समितिले प्रदेश सरकारका बारेमा निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार