प्रधानमन्त्री ओली धनगढी आउदै
धनगढी / पछिल्लो राजनीति परिस्थिति बारे आफ्ना धारणा राख्न प्रधानमन्त्री तथा नेकपा (नेकपा) का अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएको छन् ।
सो पार्टीका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रधानमन्त्री ओली पुस २४ गते धनगढीमा आयोजना हुने जन सभालाई सम्वोधन गर्ने भएको छन् ।
धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताए अनुसार जनसभाका लागि विभिन्न समिति गठन भएका छन् ।
अध्यक्ष थापाकै संयोजकत्वमा २५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।
यस्तै गरेर केन्द्रीय सदस्यहरु क्रमश दीपकप्रसाद देवकोटाको संयोजकत्वमा आर्थिक समिति, नारदमुनी रानाको संयोजकत्वमा अथिति सत्कार समिति, रणबहादुर चन्दको संयोजकत्वमा मञ्च तयारी समिति, देवबहादुर वमको संयोजकत्वमा यातायात व्यवस्था समिति, डिल्लीराज भट्टको संयोजकत्वमा स्वास्थ्य र उद्धवकुमार भट्टराईको संयोजकत्वमा प्रचार समिति, लिला भण्डारीको संयोजकत्वमा जनपरिचालन समिति र राजेश खातीको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठन भएको छ ।
अध्यक्ष थापाले पुस २२ गते प्रदेश समितिको बैठक बस्ने बताउदै यसअघि अर्को पक्षले आफूलाई नबोलाएर गरेका सबै निर्णय खारेज भएको बताए ।