१० श्रावण २०८१, बिहीबार

स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण




धनगढी/ धनगढी उपमहानगरपालिकाको आयोजनामा आइतबार स्वास्थ्यकर्मीहरूका लागि मातृ तथा पेरिनेटल मृत्यू, निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमूखीकरण भएको छ ।

अभिमूखीकरण कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मातृ तथा पेरिनेटल मृत्य दर घटाउन स्वास्थ्यकर्मीका साथै स्वयं परिवारका सदस्यहरू सचेत हुनुपर्ने बताए ।

उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले मातृ तथा पेरिनेटल मृत्य दर घटाउने उद्देश्यले निगरानी तथा प्रतिकार्य सम्वन्धी अभिमूखीकरणको आयोजना गरिएको बताइन् ।

अभिमूकीकरण कार्यक्रममा डाक्टर खगेन्द्र बम र जनस्वास्थ्य अधिकृत जानकी पराजुलीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार