७ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा कोरोना : संक्रमण दरमा कमी आउदै




धनगढी / सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दरमा केही कमी आउन थालेको छ । दुई दिनअघिसम्म दैनिक ४० देखि ७५ जना सम्म नया संक्रमित फेला पर्दै आएकोमा आइतबार यो संख्या १३ मा झरेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक सय १० जनाको स्वाव परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सेती प्रादेशिक अस्पतालमा ६४ स्वाव परिक्षण गर्दा १०, अछामको कमलबजार प्रयोगशालामा ४१ स्वाव परिक्षण गर्दा तीन र डोटी अस्पतालमा पा“च स्वाव परिक्षण गर्दा शून्य संक्रमित पुष्टि भएका थिए ।

मन्त्रालयका अनुसार कैलालीका दुई, कञ्चनपुरका आठ र अछामका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा ६४ नमूना परीक्षण गर्दा चार महिला र छ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा दुई जना, कञ्चनपुरको भिमदत्तका पाच जना, बेलौरीका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

आइतबार थप १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार कञ्चनपुरका १२ र बैतडीका चार गरी १६ जना संक्रमणमुक्त भएका हुन । योसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म कोरोनाका कारण ५१ जनाको मृत्यु भइसकेको छ ।

कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित
सुदूरपश्चिम प्रदेशमा १३ हजार छ सय ५३ मध्ये दुई हजार पाँच सय ७७ सक्रिय संक्रमित रहेका छन् । प्रदेशको सबैभन्दा बढी सक्रिय संक्रमित कैलाली जिल्लामा रहेका छन् ।

कैलालीमा पाँच हजार एक सय २६ संक्रमितमध्ये पाँच सय ३३ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै कञ्चनपुरमा एक हजार छ सय १९ मध्ये १०, डोटीमा एक हजार चार सय आठ मध्ये दुई सय पाँच, दार्चुलामा तीन सय ५३ मध्ये दुई सय ७७ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार अछाममा एक हजार छ सय ५६ मध्ये तीन सय ३३, बैतडीमा छ सय ७२ मध्ये एक सय २९, बझाङमा नौ सय १७ मध्ये चार सय १७, बाजुरामा पाँच सय २२ मध्ये ५७ र डडेल्धुरामा छ सय ९९ मध्ये तीन सय १५ सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशमा अन्य जिल्लाका ४७ र दुई जना अन्य देशका सक्रिय संक्रमित रहेका छन् ।


मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३८ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने दुई हजार दुई सय आठ जना होम आइसोलेसनमा रहेका छन् ।

सात जान आइसियू र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार