८ बैशाख २०८१, शनिबार

काठदाउरा विक्री खोल्न माग गर्दै धर्ना




कञ्चनपुर / काठ, दाउराको बिक्री वितरण फुकुवाको माग गर्दै कञ्चनपुरको कलुवापरमा रहेको शुक्लाफाटा सवडिभिजन वन कार्यालयमा तालाबन्दी गरिएको छ ।

विभिन्न सामूदायिक वनहरूले वन क्षेत्रमा गरिएको प्रतिबन्ध फुकुवाको माग गर्दै तालाबन्दी गरेका छन् ।

आईतबार कनचनपुरको कृष्णपुर सामुदायिक वनका अध्यक्ष दानबहादुर बोहरा र वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिवन्ध फुकुवा नभए सम्म अनिश्चीत कालिन तालाबन्दी गरिएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ– नेपाल सरकार मन्त्री परिषद्को २०७७ जेठ १५ गतेको निर्णयले नेपाल भरका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका र वैज्ञानिक वन व्यवस्थापन लागु नभएका लगायत सम्पूर्ण वन क्षेत्रमा अन्याय पूर्ण तरिकाले काठ दाउरा संकलन ओसार पोसार र बिक्रि वितरणमा पूर्ण रुपमा लगाईएको प्रतिबन्धको पुनःकडा शब्दमा निन्दा र घोर भर्सना गर्दछौ ।

प्रतिबन्ध लगाउदा लाखौ नेपाली जनता समस्यामा परेकाले चाडो प्रतिवन्ध हटाउन विज्ञप्ती मार्फत माग गरिएको छ ।

सरकारको २०७७ जेठ १५ को मन्त्रिपरिषद् बैठकले वन क्षेत्रबाट सबै प्रकारका काठ कटान तथा ओसारपसारमा प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयको विरोध भएपछि जेठ २८ गते साल बाहेकका काठ खुलाएको थियो ।

सालमा लगाइएको प्रतिबन्ध नखुल्दा देश भरका २२ हजार २६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरीका एक करोड ४० लाख उपभोक्ताहरूले आफनो दैनिक कामहरू गर्नबाट वञ्चित भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार