१६ बैशाख २०८१, आईतवार

रक्तदान गर्नेमा सुरक्षाकर्मी अगाडि



डोटी/ सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी रक्तदानमा अगाडि देखिएका छन् ।

प्रदेशका कैलाली र कञ्चनपुरबाहेक अन्य सात पहाडीमा जिल्लामा ब्लड बैंक नभएका कारण बिरामीलाई रगतको आवश्यकता परेको वेला सुरक्षाकर्मीहरुले नै बढिजसो आपूर्ति गर्ने गरेको स्थानीयको अनुभव छ ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका विभिन्न जिल्लामा नेपाली सेनाका विभिन्न इकाईका अधिकृत तथा सैनिकले एक सय १० जना बिरामीलाई रगत प्रदान गरेका थिए ।

त्यस्तै सो आर्थिक वर्षमा सशस्त्र प्रहरीले ८५ जनाका लागि क्तदान गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले प्रायः सुत्केरी तथा विभिन्न दुर्घटनामा घाइते भएकाहरुका लागि रक्तदान गदै आएको सशस्त्र प्रहरी बल ३६ नम्बर गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार