१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको नेकपाको संसदीय दलको बैठक शुरु




धनगढी/ पार्टीमा विभाजन भएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेश सभामा रहेको नेकपाको संसदीय दलको बैठक शुरु भएको छ ।

सो पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलको उपस्थितिमा वैठक शुरु भएको छ ।

वैठकमा दुईवटै पक्षका प्रदेश सभा सदस्य उपस्थित रहेका छन् । सो बैठकमा हालै पदमुक्त भएका भौतिक पूर्वाधारमन्त्री पठानसिह वोहरा समेत सहभागी छन् ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट वोहरा बाहेक सबै सहभागी रहेका छन् । बोहरा काठमाडौ रहेको बताइएको छ ।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ जना रहेका छन् । ती मध्ये दुई जना सभामुख र उपसभामुख रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार